Sunday, September 02, 2012

जुत्तामा बुद्ध आकृति र बौद्धहरूको क्षमाशीलता

  • बसन्त महर्जन
 एक अमेरिकी जुत्ता कम्पनीले डिजायन गरेको र आफ्नो ‘वेभसाइट’बाट सार्वजनिक गरेको गौतम बुद्धको आकृति अंकित जुत्ता अहिले आलोचना र छलफलको विषय बनेको छ । उक्त डिजायनले बुद्धको अपमान गरेको त हुँदै हो साथसाथै यसले आफ्नो क्षुद्रताको पनि प्रदर्शनी ग-यो । कम्पनीलाई पनि राम्रैसँग हेक्का होला, यस्ता उत्पादनहरू मास प्रडक्शनमा जाँदैन । बुद्धको मानमर्दन गर्न चाहनेहरूले आत्मतुष्टिका लागि केही उत्पादन गर्ला र त्यस्तै खालका कुत्सित मनसाय भएकाहरूले किन्ला तर तिनीहरू खुल्लमखु्ल्ला आउन सक्दैनन् ।  तिनीहरूले भौतिक रूपमा जुत्ताको उत्पादन कार्य थाल्यो वा थालेन भन्ने कुरा त स्पष्ट छैन तर यस प्रकरणमा तिब्बत, श्रीलंकालगायतका बौद्ध मुलुकहरूले सरोकार देखाउँदै आफ्नै तरिकाले विरोध जनाएपछि अन्नतः कम्पनिले सो जुत्ता उत्पादन नगर्ने भइसकेको छ । कम्पनीले आफ्नो वेभसाइटबाट सो तस्वीर हटाइसकेको छ । तर पनि यस विषयमा छलफल गर्नु भने नितान्त जरुरी देखिन्छ । 

 जुत्तामा बुद्धको आकृति अंकित गरिएको यो पहिलो घटना भने होइन । बेला बेलामा यस्ता घटनाहरू हुँदै गरेको पाइन्छ । कहिले जुत्तामा त कहिले अन्डरवेयरमा बुद्धको तस्वीर अंकित गरेर वस्तु उत्पादन गरेको पाइन्छ । यसरी नै महिलाले प्रयोग गर्ने ‘ब्रा’ मा बुद्धको तस्वीर अंकित गरेर वस्तु उत्पादन गर्दा पनि विरोध भएको थियो । जुत्ता, अन्डरवेयर, ब्रा  आदिमा बुद्धको तस्वीर अंकित गर्नु आपत्तीजनक हो । बौद्धहरूले दैनिक रूपमा पालना गर्नु पर्ने पञ्चशीललाई नै धज्जी उडाउने गरी रक्सीको ब्रान्ड वा बारको नाम नै बुद्धको नामबाट राख्न पनि खोजेको पाइन्छ । बुद्ध नेपालमा जन्मेको भनेर गौरव मान्ने देश नेपालमा नै पनि कहिले रक्सीको विज्ञापनमा बुद्ध राखेर प्रकाशित गरिन्छ त कहिले अपव्याख्या गरेर अपमान गर्ने गरिन्छ तर नेपाली मिडियाको पहुँच विश्वसँग नभएका कारण विरोधको स्तर ठूलो हुन पाउँदैन । नेपाली बौद्धहरूमा रहेको क्षमा वा सहनशीलताले पनि यसलाई ठूलो रूप दिँदैन र कुरा सामसुम भएर जान्छ । जुत्तामा बुद्धको आकृति राखिएको भनेर आपत्ती जनाइरहेकै बेला नेपालकै राष्ट्रिय स्तरका ‘ब्रोड सीट’ पत्रिकाहरूमा रक्सीको विज्ञापनमा बुद्धको तस्वीर राखेर आफ्नो कुत्सीत भावना पोखेको आलै छ । यस्तो घटना अन्य धर्मसम्प्रदायलाई चिढाउने गरी गरेको पाइन्छ । मोहम्मद पैगम्वरलाई कार्टून बनाएर पत्रिकामा छापेका कारण आक्रोशित इस्लामहरूले पत्रिकाको कार्यालय नै ध्वष्ट पार्नुका साथै कार्टुनिष्ट र सम्पादकमाथि पनि घातक हमला गर्न पुगेको घटना पुरानो भएको छैन । त्यस देशको एउटा राजदूतावासमाथि बम आक्रमण गरेर असन्तुष्टि व्यक्त गरेको घटनाले यो कति सम्बेदनशील विषय हो भन्ने कुरा छर्लंङ्ग पार्दछ । कहीं जीसस क्राइकको अपमान गरेको पाइन्छ त कहीं पैगम्वरको । यसरी नै हिन्दू धर्मका देवदेवीहरूका चित्रको पनि बेलाबेलामा दुरूपयोग गर्ने गरिन्छ । प्रत्येकपल्ट सम्वन्धित धर्मावलम्बीहरूलाई दुःखित पारिन्छ र प्रतिकृयामा विध्वंशक घटना पनि हुने गर्दछ । 

 बुद्धको अपमान वर्तमानमा मात्रै नभएर स्वयं बुद्धको जीवनकालमा नै पनि हुन्थ्यो । जातिवादमा आधारित तत्कालीन सामाजिक संरचनाका विरुद्ध बुद्धले एक प्रकारले जिहाद नै छेडे । आफ्नो संघमा उनले सर्वजातलाई खुल्ला प्रवेश मात्रै दिएनन्, जातिवादमाथि कडा शब्दले प्रहार पनि गरे । जन्मका आधारमा शुद्र र जन्मकै आधारमा ब्राम्हण हुन्न बरु कर्मको आधारमा हुन्छ भन्ने धम्मपदको गाथा प्रसिद्ध छ । नाई समुदायबाट आएका भिक्षु उपालिलगायत थुप्रैलाई संघमा निर्वाध प्रवेश दिइएको थियो जसलाई तत्कालीन समाजले तल्लो जात भनी कतिपय ठाउँमा निषेध गरिन्थ्यो । जाति, भाषा, लिंग तथा कतिपय मानवनिर्मित विभेदहरूलाई अस्वीकार गर्नु तत्कालीन समाजका लागि क्रान्तिकारी कदम थियो भने अनित्य, दुःख र अनात्म जस्ता दार्शनिक अवधारणाको स्थापनाले तत्कालीन समाजमा एकप्रकारले भुइँचालो नै ल्याइदिएको थियो । यही भएर कतिपय ‘के निहँ पाउँ कनिका बुक्याउँ’ भनेजस्तो बुद्धलाई गाली गर्न र अपमान गर्न ताक हेरेर बस्थे । कोही बुद्धकै सामुन्ने तथानाम गाली गरेर मानमर्दन गर्न खोज्थे भने कोही पीठ पछाडि । यसरी नै बुद्धका शिष्यहरूको अगाडि बुद्धको निन्दा गर्दथे । क्षमा दिनमा बुद्ध त अद्वितीय भइहाले । कतिपय अवस्थामा आफूमाथि भएको गाली गलौज वा आलोचनाहरूको तर्कपूर्ण जवाफ दिएर विपक्षीलाई चित्त बुझाउँथे भने कतिपय अवस्थामा बुद्ध चुप लागेर बस्थे । देवदहतर्फ जाँदै गर्दा बाटोमा आफ्नै ससुरा सुप्रबुद्धले बुद्धलाई यसरी नै गालीगलौज गर्दा बुद्ध चुपचाप फर्केका थिए । दीघनिकायको प्रसिद्ध ‘ब्रम्हजाल सूत्र’ को पृष्ठभूमि नै बुद्धमाथि विपक्षीको निन्दा हो र उक्त सूत्रमा भिक्षुहरूलाई कस्तो व्यवहार गर्नु पर्दछ भन्ने कुरा सिकाएका थिए । 

 बुद्ध आकृति अंकित जुत्ताको प्रकरणपछि उत्पन्न प्रतिकृयाहरू बडो रोचक छन् । प्रकृतिका आधारमा ती प्रतिकृयालाई दुई वर्गमा बाँड्न सकिन्छ । कतिपयले कडा शब्दहरू प्रयोग गरीे आक्रामक शैलीमा मनोभाव प्रकट गरे । विपक्षीहरूलाई आक्रमण गर्न जानू भनेर बुद्धले सिकाएकै छैनन् बरु क्षमाशील हुन र आफ्नो धर्ममा अडिग भएर बस्न भनेका छन् । तसर्थ यस्ता निन्दाहरूलाई बौद्धहरू उपेक्षा गरेर बस्छन् र जुत्ताको प्रकरणमा पनि उपेक्षा गरेरै बसेको पाइयो । स्वदेशमा हुने घटनालाई त चुपचाप सहन्छन् भने विदेशमा हुने घटनालाई सहने त भइहाल्यो । आफू बौद्ध नभएपनि र बुद्धको शिक्षाबारे जानकारी नभएपनि कति धेरै मान्छे बुद्धका प्रशंसक रहेछन् भन्ने कुरा यसबाट पनि बुझियो जसले आक्रामक शैलीमा आलोचना ग¥यो, जवाफमा अर्कै खालका आकृतिहरूको सिर्जना पनि ग¥यो । तर उदेक लाग्दो कुरा यो वर्गको नेपालीहरु नेपालमा नै हुने घटना किन देख्दैनन् ? 

 नेपाली रूपैया पैसामा बुद्धको आकृति अंकित गरिनु पर्दछ भन्नेहरूको संख्या नेपालमा बाक्लो नै रहेको बुझियो । यस प्रकारको अभियान फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा देखिन्छ । यो अभियानको विपक्षीमा उभिँदा यो लेखकले थुप्रै खालका खप्की खानु परेको थियो । नोटमा बुद्धको तस्वीर राख्ने सोचाइ झट्ट हेर्दा बुद्ध र बौद्धप्रति सम्मान भएपनि वास्तवमा सम्वन्धित पक्षले ठूलो अपमानको रूपमा लिन्छन् भन्ने कुरा यी अभियन्ताहरूले बुझ्न नसकेको पाइयो । रूपैया पैसाको व्यवहार बेग्लै प्रकारले हुने हुन्छ र त्यसमा बुद्धको आकृति हुने हुँदा बुद्धप्रति उचित सम्मान हुँदैन । यही भएर रूपैयापैसामा बुद्धको आकृति अंकित नगरेका हुन् । कुषाणवंशका बौद्ध राजा कनिष्कले आफ्नो मुद्रामा बुद्धको सम्मान गर्दै बुद्धको मुहार राखेको पाइन्छ तर पछि यस्तो कार्य प्रचलनमा आएन । आधुनिक कालमा भूलवश कुनै एक राष्ट्रले आफ्नो मुद्रामा बुद्धको आकृति अंकित गरेको थियो र पछि बौद्धहरूले चित्त दुखाएपछि यथार्थ कुरा बुझेर जम्मै मुद्रा संकलन गरी त्यसलाई स्तूपको रूप दिएर बुद्धप्रतिको सम्मानलाई अक्षुण्ण राखेको थियो । यस प्रकार एक अमेरिकी कम्पनीले बुद्धको तस्वीर राखेर जुत्ता उत्पादन गर्नु र नेपालमा मुद्रा निस्काशन गर्नु अभियान चलाउनुमा आशय फरक भएपनि तात्विक भिन्नता पाइन्न । 

 एक कम्पनीले बुद्धको तस्वीर राखेर जुत्ता बनाएको घटनालाई लिएर पूरै अमेरिका र अमेरिकीलाई मुछ्नु हुन्न । बुद्ध धर्मको विस्तार अमेरिकामा दू्रततर गतिमा हुँदैछ । त्यहाँ भिक्षु भिक्षुणीमात्रै नभएर उपासक उपासिकाहरूको संख्या पनि बढ्दो छ । उनीहरू बाबुबाजे बौद्ध भएकै कारण छोरा नाति पनि बौद्ध बनेका होइनन् बरु गहन अध्ययन र चिन्तनको परिणाम हो । बुद्ध धर्मको विकास क्रममा विभिन्न तर विशिष्ट पहिचानहरू देख्न पाइन्छ जस्तो, श्रीलंकलन बुद्धिज्म, तिब्बेतियन बुद्धिज्म, बर्मिज बुद्धिज्म, चाइनिज बुद्धिज्म, कोरियन बुद्धिज्म । अन्यत्रभन्दा भिन्दै प्रकारले काठमाडौंको नेवार समाजमा बज्रयान बौद्ध धर्मको विकास पाइएका कारण त्यसलाई ‘नेवार बुद्धिज्म’ नाम दिइएको छ, यद्यपि नेवार समाजमा अन्य सम्प्रदायको बुद्धिज्म नभएको होइन । अमेरिकामा बौद्ध गतिविधिहरूलाई नियाल्दा उनीहरू पनि आफ्नो छुट्टै पहिचान कायम गर्न उद्यत रहेको र निकट भविष्यमा नै ‘अमेरिकन बुद्धिज्म’ को घोषणा गर्न पृष्ठभूमि बनाइरहेको देखिन्छ । यस्तो महान कार्यमा उद्यत रहेको अमेरिकालाई जुत्ताको प्रकरणमा मुछ्नु भनेको अरु जम्मै कुरालाई भुलेर क्षुद्रतालाई मात्रै देख्नु हुन्छ, जुन समयको अन्तरालमा यत्तिकै बिलाएर जान्छ । (हसना म्यागेजिन)

Sunday, August 05, 2012

कपिलवस्तुमा बौद्ध विहारको बिक्री

बसन्त महर्जन

गौतम बुद्धको गृहनगर कपिलवस्तुस्थित सूर्य शान्ति नाउँको बौद्ध विहार हालै बिक्री भएको समाचारले बौद्ध जगतलार्र्ई झस्काएको छ । बौद्ध विहार क्रय बिक्रय हुने वस्तु होइन तर यो समाचारले त्यस्तै खालको सन्देश दिंदा विकृतिको गन्ध स्पष्ट रुपमा नै आयो र यसबाट बौद्ध जगतलार्ई खिन्न पार्नु स्वाभाविक पनि थियो ।

तिलौराकोट (प्राचीन कपिलवस्तुको मुख्य पुरातात्विक स्थल) बाट ३ किलोमीतर अगाडि सदरमुकाम तौलिहरुवा बजारमा नै पर्ने सो सूर्य शान्ति विहार पन्द्रह वर्षअघि भिक्षु सूर्य मंगलबाट निर्माण गरिएको थियो । नाताले उनी त्यस क्षेत्रका जमिनदार मंगलमान बज्राचार्यका पुत्र हुन् । कसैका लागि त्यो क्षेत्र एउटा व्यापारिक स्थल होला र आर्थिक लाभका दृष्टिले महत्वपूर्ण पनि । यही भएर मुलतः विहार भएपनि कसैका लािग त्यो आर्थिक उपार्जनको कुरा बन्यो । यस सन्दर्भमा अन्य विहारहरु माथि पनि दृष्टि दिनु उपयुक्त हुन्छ ।

 सिद्धार्थ गौतमले ई.पू. ५२८ मा बोधगयामा बुद्धत्व प्राप्त गरी सो ज्ञान बाँड्दै हिड्ने क्रममा भिक्षु वा शिष्यको संख्या पनि बढ्दै गयो । तिनीहरुलार्र्ई निश्चित वासस्थान थिएन । निश्चित वासस्थानको अभावमा समस्या त छँदै थियो, त्यसमाथि अन्य मतावलम्बीहरुले खिसी पनि गर्थे । यही भएर एक श्रेष्ठीले निश्चित वासस्थान  बनाइदिने सोचेर बुद्धसँग स्वीकृति लिन लगाए । पछि मगध राजा बिम्बिसारले बेलुवनाराम नै दान गरे । यसरी नै श्रावस्तीका प्रसिद्ध सेठ अनाथपिण्डिकले ठूलो धनराशी खर्च गरेर जग्गा प्राप्त गरी त्यसरी नै ठूलो धनराशी लगाई जेतवनाराम विहार निर्माण गरी बुद्ध, धर्म र संघलार्र्ई दान गरे । दानहरुमा विहार दानलार्र्ई उत्तम मानिन्छ । त्यति बेला मात्रै नभएर अहिले पनि सक्नेले विहार बनाई बुद्ध, धर्म र संघको नाममा दान गर्ने गर्दछन् । दान भनेको दान हो, फिर्ता लिने कुरा होइन । तत्कालीन अवस्थामा एक समय महासेठ अनाथपिण्डक व्यापारमा घाटा लागेर पछि हरिकंगाल हुँदा पनि विहारमाथि कहिल्यै आँखा लगाएनन् । उहिले दान गर्न सक्नुलार्र्ई ठूलो बहादुरी  मानिन्थ्यो भने अहिले कसैको दान हडपेर व्यक्तिगत सम्पत्ति बनाउन सक्नु वा फिर्ता लिनुलार्र्ई बहादुरी वा प्रभावशाली मान्ने प्रवृत्ति छ । दानदातव्यबाट काठमाडौं बागबजारस्थित बुद्ध विहारको निर्माण भएको थियो । उक्त विहारका  भिक्षु सुमंगल महास्थविरले दानदातव्यबाट अन्य चलअचल सम्पत्ति पनि जोड्नु भएको थियो । तर उहाँको दिवंगत पछि ती सम्पत्तिमाथि दावी गर्दै उहाँको भाइले कानूनी कारवाही चलाए । ती सम्पत्ति संघको नाममा दर्ता भएको थिएन । व्यक्तिको नाममा नै रहेको कारण यसरी परिवारले दावी गर्ने हिम्मत जुटाएका थिए । त्यति बेला वौद्ध समुदायले विहार एउटा बाहेक अन्य सबै सम्पत्ति भाइलार्र्ई दिएर समस्या समाधान गर्नु परेको थियो ।

भिक्षु सूर्य मंगलले विहार बनाए पनि त्यसलार्र्ई व्यक्तिगत सम्पत्तिकै रुपमा राखेका कारण आज विक्री गर्न सकेका हुन् । विहार विक्री गर्दा त्यहाँ समस्याको रुपमा भगवान बुद्धको मूर्ति देखा परेको थियो र मूर्ति फुटाल्ने प्रयास पनि भयो । ढुंगाको सानो चैत्य त फोडियो पनि ।

कपिलवस्तु क्षेत्रमा पहिलो बौद्ध विहार निग्रोधाराम हो । बुद्धत्व प्राप्तीपछि पहिलो पल्ट गृहनगर कपिलवस्तु आउँदा बुद्धलार्र्ई दान गरिएको विहार नै निग्रोधाराम थियो । यो विहार पुरातात्विक अवशेषका रुपमा हाल गोटिहवाभन्दा पश्चिम र तौलिहवाभन्दा केही दक्षिण रहेको छ जसलार्र्ई कुदान नामक पुरातात्विक स्थलको रुपमा चिनिन्छ । पछि अन्य विहारहरुको पनि निर्माण हुन थालेको देखिन्छ । नेपालमा व्यापक रुपमा विहार हरुको निर्माण भएको त कामठााडैंमा नै हो । विहारहरुको निर्माण हुनुको अर्थ हो, बौद्ध गतिविधि बढ्नु । तर एक समय राजकीय संरक्षण पाउने यिनै विहार र भिक्षुहरु राज्यकै कोपभाजन हुनुप¥यो र राणा कालमा त भिक्षुहरुलार्र्ई दुई पल्टसम्म देश निकाला नै ग¥यो । आज पनि नेपालको कानूनमा भिक्षुहरुको कुनै नीति वा व्यवस्था छैन । नेपालको कानूनले बौद्ध भिक्षुहरुलार्र्ई चिनेकै छैन । कानूनमा जोगीको उल्लेख त पाइन्छ तर जोगी र भिक्षु उही होइनन् । बुद्ध धर्मलार्र्ई नेपालमा व्यवस्थित गर्नका लागि भिक्षुहरुसम्वन्धी एउटा ऐनको आवश्यकता छ । यस विषयले बेलाबेलामा चर्चा पनि पाउँछ तर ठोस रुप भने लिन सकेको छैन । 

गौतम बुद्धको जन्मस्थलका रुपमा लुम्बिनी प्रख्यात छ । बौद्ध केन्द्रका रुपमा यसलार्र्ई विकास गर्न सकिन्छ । त्यस्तै प्रचुर संभावना भएको अर्को ठाउँ हो, कपिलवस्तु । तर कपिलवस्तुमा हाल इतिहास र पुरानिधिहरु भए पनि बौद्ध केन्द्रको रुपमा विकास गर्ने स्थिति भने छैन । धेरै काम गर्नु बाँकी नै छ । वर्तमान समयमा कपिलवस्तुले आफ्नो जुन पहिचान कायम गरिसकेको छ त्यसलार्र्ई यथावत् र निरन्तरता दिएरै पनि थप पहिचान बौद्ध केन्द्रका रुपमा अगाडि बढाउन सकिन्छ । यसका लागि सर्वप्रथमतः बौद्ध विहारहरुको स्थापना गर्नु प¥यो जुन मुलतः प्राचीन शिक्षण संस्था हो । ती संस्थाहरुले स्थानिय  र वाह्यहरुलार्र्ई आकर्षित गर्नु पर्दछ र स्वतः बौद्ध केन्द्र बन्ने छ । तर भएको बौद्ध विहार नै अन्य प्रयोजनमा बिक्री हुनु कम दुःखदायी कुरा होइन ।

Wednesday, July 11, 2012

भृकुटी नेपालको राष्ट्रिय विभूति नै हुन त ?


O बसन्त महर्जन 

देशका विविध क्षेत्रमा महत्वपर्ूण्ा योगदान पुर्‍याउने नागरिकलाई राष्ट्रिय विभूति घोषणा गरी गौरव गर्ने परम्परा भनौं एक खालको राष्ट्रवाद अन्यत्र पनि पाइन्छ । नेपालमा पनि एक समय राष्ट्रवादको विकास गर्न थुप्रै अभ्यास भएको पाइन्छ । राष्ट्रवादको विकासका लागि भएका अभ्यासमा राष्ट्रिय विभूतिको पहिचान र घोषणा पनि एक रहेको छ । यो आफैमा नराम्रो र अनावश्यक अभ्यास भने होइन । राजा महेन्द्रको पालामा गरिएको यो राष्ट्रिय विभूतिको पहिचान र घोषणा जानीनजानी वर्तमानमा पनि विद्यमान छ । हालसम्म थुप्रै व्यक्ति नेपालको राष्ट्रिय विभूतिको रूपमा घोषित भइसकेका छन् । ती जम्मै व्यक्तित्व चर्चाका छुट्टै विषय हुन् । घोषित विभूतिहरूमा एक राजकुमारी भृकुटी पनि हुन् । तर, राष्ट्रिय विभूतिका रूपमा उनको घोषणाको औचित्यको औचित्य प्रश्नको घेरामा परेको छ र यहाँ यसै विषयमा चर्चा गरिन्छ ।

हालसम्मको मान्यताअनुसार राजकुमारी भृकृटी राजा अंशुवर्माकी छोरी हुन् । तिब्बतका राजा श्रोङ-च्रङ-गम्पोबाट नेपालविरुद्ध भएको आक्रमण थेग्न नसकेर अंशुवर्माले छोरी दिई नेपाललाई पराधिन हुनबाट जोगाएको कुरा विद्यालय तथा विश्वविद्यालयका पाठ्यसामग्रीहरूमा समावेश छ । पाठ्यसामग्रीमा नै यो कुरा परेपछि जनसामान्यमा पनि यही मान्यता सजिल्यै र चाँडै स्थापित हुने त भइहाल्यो । राष्ट्रिय विभूतिको घोषणा गर्दा यसको औचित्यता प्रट्याउन राष्ट्रको भलाइका लागि विवाह गरेको मात्रै नभएर नेपालबाट दाइजोका रूपमा बुद्ध धर्म र संस्कृति पनि साथमा लगेर तिब्बतमा बुद्ध धर्मको प्रचारप्रसारमा ठूलो योगदान पुर्‍याएको भनी प्रशंसित छ । तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसार गरी जंगली सम्यतामा रहेको तिब्बतलाई सभ्यताको पाठ सिकाई यिनले नेपालको कर्ीर्ति फैलाएको भन्ने आधारमा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको मानिन्छ । तर, यी कुरा कुनै पनि ऐतिहासिक श्रोतसामग्रीबाट पुष्टि हँदैनन् । इतिहासको सामान्य ज्ञान विना नै गरिएको यो राष्ट्रिय विभूतिको घोषणा अब औचित्यताको प्रश्नसँग जुध्नु परेको छ ।

भृकुटीका सम्बन्धमा नेपालमा प्राप्त कुनै पनि ऐतिहासिक श्रोतसामग्रीले केही पनि जानकारी दिंदैन । मानौं, भृकुटी भन्ने कुरा यहाँ केही छँदै थिएन । तर यो प्रसंग तिब्बती एवं चिनियाँ श्रोतमा भने पाइन्छ । ती श्रोतहरूमा तिब्बतका राजाले विवाह गरेका नेपाली राजकुमारी भृकुटीलाई 'भ्याल्पो' देशका राजा 'गोचा' की छोरी भनी उल्लेख छ । 'भ्याल्पो'को नेपाल र 'गोचा'को अंशुवर्मा अर्थ लगाउँदै श्रोङ-चङ-गम्पोले नेपालका राजा अंशुवर्माकी छोरी भृकुटीसँग विवाह सम्बन्ध गाँसेको भनी र्सवप्रथम प्रकाश पार्ने काम सिलभाँ लेवीबाट भएको हो । लेभीको कुरा पुष्टि हुनु बाँकी नै थियो तर नेपाली लेखकहरूले यसलाई दृ्रततर गतिमा पुनर्लेखन गर्दै लगे ।

तत्कालिन नेपालको इतिहास अध्ययन गर्दा राजा अंशुवर्माले तिब्बतसँग कुनै पनि प्रकारको आक्रमणको सामना नै गर्नु परेको देखिन्न । उनको मृत्यु इश्वीसम्बत ६२१ मा भएको किटान छ । उनीपछि राजगद्दीमा उदयदेव बसेका थिए । उदयदेव थोरै समयका लागि मात्रै राजा हुन पाए ।  अर्थात् राजनीतिक घटनाक्रमले उनै नेपालबाट पलायन भर्य तिब्बतमा शरण लिन जानु परेको थियो । उता तिब्वती श्रोतले श्रोङ-चङ-गम्पो जन्म सन् ६१७ मानेको छ । यसलाई आधार मान्दा राजा अंशुवर्माको मृत्यु हुँदा श्रोङ-चङ-गम्पो भर्खर चार वर्षा बालक थिए र त्यति बेला उनको हैसियत भनेको एक सरदारका छोराको मात्रै थियो ।

तिब्बतमा सपरिवार शरण पाएका राजा उदयदेवको मृत्यु त्यहीं भएको इतिहासमा उल्लेख छ । सन् ६४१ मा तिब्बतको सैन्य सहायता पाई उदयदेवका छोरा नरेन्द्रदेवले नेपालमाथि आक्रमण गरी आफ्नो पुख्र्यौली राजगद्दी पुनः हात पारे । यसै बीच श्रोङ-चङ-गम्पो र भृकुटीको बीच विवाह भएको देखिन्छ । यो सत्य हो भने अंशुवर्माकी छोरी मानिएकी भृकुटी त्यस्तो नभएर राजा उदयदेवकी छोरी हुन आउँछ । 

'गोचा' शब्दले ज्योति, किरण, आदि अर्थ दिन्छ, अर्थात् यसले अंशुवर्मा र उदयदेव दुबैको संकेत गर्दछ । तिब्वती श्रोतले उदयदेवलाई संकेत गर्दै प्रयोग गरेको तिब्बती 'गोचा' शब्द सिलभाँ लेभीले अंशुवर्मालाई बुझेछन् र इतिहास गडबड हुन पुगेको देखिन्छ । यो गडबडीको स्तर कहाँ सम्म पुग्यो भने एक इतिहासकारले त तिब्वती श्रोतले भ्याल्पो देशका राजकुमारी भनेका कारण भृकुटीलाई खोज्न भ्याल्पो देशमा नै जानु पर्छ, नेपालमा होइन र यो नेपाली इतिहासको पाना नै होइन भनेरसम्म लेखे ।

तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसार गर्ने काम राजकुमारी भृकुटीबाट भयो भन्ने सम्वन्धमा त त्यसलाई नेपाली राष्ट्रवाद र भावुकताको उपज मात्रै मान्न सकिन्छ । भृकुटीको उमेर श्रोङ-चङ-गम्पोभन्दा दर्ुइ चार वर्षतलमाथि मात्रै हुन्छ होला । यस अर्थमा भृकुटी नेपालमा छँदा सानै थिइन् । त्यस्तो चारपाँच वर्षी भृकुटीले नेपालमा बौद्ध धर्मका कुराहरू कति नै सिक्न सके होलान् र जुन ज्ञानले तिब्बतलाई सभ्यता सिकाउने हैसियतमा बौद्ध धर्मका बारेमा कति नै सिक्न सकिन् होला र - बरु उनले तिब्बतमा बौद्ध धर्मका सम्वन्धमा ज्ञान हासिल गर्नु संभव छ । यो त्यही समय हो जति बेला तिब्बतमा नेपाल तथा भारतका थुप्रै विद्वान पुगेर बुद्ध धर्मका प्रचार प्रसारमा काम भएका थिए । तिब्बतमा बौद्ध धर्मलाई राजकीय संरक्षण प्राप्त थियो । अझ बौद्ध धर्मको विकासमा श्रोङ-चङ-गम्पोको विशेष योगदान रहेका कारण उनलाई अवलोकितेश्वर कै दर्जा दिइएको थियो । यसै भएर उनका दुई रानी अर्थात् नेपाली राजकुमारी भृकुटी र चिनियाँ राजकुमारी वेन्चेन् -कोङ्यो)लाई दायाँबायाँ राखी बनाइएको प्रतिमा देख्न पाइन्छ ।

वर्तमान नेपालमा राष्ट्रिय विभूति घोषित भृकुटी बारेमा तत्कालिन नेपालका अभिलेखहरू उनका सम्वन्धमा मौन हुनु कसैका लागि रहस्यमर्ूण्ा होला तर यो अर्थपर्ूण्ा पनि छ । राजा उदयदेवको सन् ६२१ को एउटै मात्र अभिलेख पाइएको छ भने उनका छोरा राजा नरेन्द्रदेवका सन् ६४३ देखिका शिला अभिलेखहरू प्राप्त छन् । नरेन्द्रदेवका कुनै पनि अभिलेखमा भृकुटीको उल्लेख पाइँदैन । यसको अर्थ हो- आफ्ना अभिलेखहरूमा भृकुटीको नाम उल्लेख गर्नुको आवश्यकताबोध नै नहुनु । अझ राजा नरेन्द्रदेवमा हुनसक्ने जातीय अभिमानका कारण आफ्नी बहिनी वा दिदी (नाता खुल्दैन) भृकुटी आश्रयदाताको हातमा सुम्पेर आउनु पर्दा गौरवको अनुभूति गर्न नसकेर पनि उनले शिलाअभिलेखमा भृकुटीको नाम उल्लेख नगरेका हुनसक्छन् । तर तिब्बतसँग नेपालको घनिष्टतम सम्बन्ध रहेको देखिन्छ । यदि तिब्बतको राजनीतिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक क्षेत्रमा भृकुटीको उल्लेखनीय योगदान हुँदो हो त नरेन्द्रदेवले आफ्नो जातीय अभिमानलार्य थान्को लगाएर भएपनि भृकुटीप्रति गौरवानुभूति गरेर कतै न कतै उनको नाम उल्लेख गर्थे । प्राप्त श्रोत सामग्रीहरूमा यो कुरा उल्लेख नभएपनि भविष्यमा प्राप्त हुन सके कुरा बेग्लै हो ।

'राष्ट्रिय विभूति' भन्ने कुरा वस्तुगत र तथ्यमूलक हुनु पर्दछ । यो भावनामा बहने कुरा होइन । न त स्तुतीको अर्को रूप । राष्ट्रिय विभूति मानेपछि त्यस राष्ट्रका नागरिकहरूले आफ्नो राष्ट्रिय विभूतिबाट केही सिक्न पाउनु पर्दछ । तिनका बारेमा केही जान्न पाउनुपर्छ । तर इतिहासम्मत नभएका र कल्पनाका भरमा लेखिएका कुराहरूले तिनीहरूको चित्त बुझाउन सम्भव हुँदैन । यसरी नै आधारहीन कुरामा राष्ट्रिय विभूतिको घोषणा गर्दै जाने हो भने साँच्चैका राष्ट्रिय विभूत्रि्रतिको विश्वासमा संकट सिर्जना हुन सक्छ । यस कुरामा सचेत हुनु पर्छ र नयाँ नेपालको चर्चा चििलरहेको यति बेला राष्ट्रिय विभूतिको सर्न्दर्भमा पनि कुरा उठाउन र त्यसको तथ्यसंगत छिनोफानो गर्न जरुरी छ होइन भने लोकोक्तीका आधारमा घोषणा गरिएका राष्ट्रिय विभूतिलाई मान्न कोही पनि तयार हुँदैन । 

Wednesday, April 11, 2012

Paleolithic age fossil found in Kaski


By Basanta Maharjan
KATHMANDU, OCTOBER 21 - Tree fossils, which are said to be about 200 to 300 million years old, have been found at Bhainse village of Kaski district, Nepal.A team of archaeologist led by Chief Archaeologist of the Department of Archaeology (DOA), Sukra Sagar Shrestha, had adventitiously found the fossils of a tree belonging to the Paleolithic age.

In fact, the first incident whereby the fossils of a tree that existed before the evolution of mankind have been found in the country. According to geologists, the tree fossils, which were thought to have been embedded with the earth, could have come to the terra firma owing to the movement of the seismic waves inside the earth. Generally, the trees embedded within the earth transform into coals but sometimes they remain as they were owing to the lack of adequate chemical reactions and earthquakes. According to Shrestha, the discovery of a totally new kind of fossils has added another dimension to the geological study.

" No study has been made yet in the field of tree fossils in the country and such fossils have also not been kept in the Nature History Museum till date." , He said. He further added that the diameter of the tree fossils is about 3m and it is about 5m in height. "the trees of the carboniferous age were used to be extremely large but the one we have found isn't so gig because it is badly damaged", he said. A piece of the fossil , which looks like a stone , is kept in Pokhara Regional Museum and it would be open for the public after DOA makes necessary study about the same.

According to Shrestha , the carbon Dating is used to study the archaeological remnants that are 100 to 1,000 years old but in the case of million to billion years old fossils and relics we have to use "thermo luminescence Dating ( TLD ) . the LTD technology is only in vogue in the US and it costs more than Rs 300 hundred thousand of the study," he said. Meanwhile, Shrestha said that Tribhuvan University hasn't shown any interest in this regard. A team of archaeologist comprising of Shrestha , Uddav Acharya, an archaeologist under DOA, and Uttam Khanal, a representative from Pokhara Regional Museum, had found the tree fossils at Bhainse Village during July-August.

"We came across only one fossil but I think there must be umpteen in the vicinity, " , the team leader said adding that the village could be developed as "an open museum for tree fossils, " Shrestha stressed.Bhainse village can be reached via Mahendra Bridge, Kaukhola, Jarkatya, Tarika and Chitepani of Pokhara. The team had found the fossils about 150m away from the village. (SpacetimeToday daily 2001

Need to conserve Buddhist relics stressed



by Basanta Maharjan

KATHMANDU - The archaeological evidences which suggest that Gautam Buddha was born in Nepal may be lost if the Lumbini based Ashoka Pillar is not conserved, archaeologists say. As is history, Mourya Emperor Ashoka raised the pillar during his visit to Lumbini subsequent to the bloody Kalinga War at the end of which the emperor was said to have given up warfare and bloodshed. It was while on a pilgrimage to Lumbini when he abandoned all his weapons. Emperor Ashoka is also said to have been accompanied by his Guru Upagupta in 249 B.C. during the celebration of the 20th year of his coronation. However, Lumbini soon came around to be cobered by dense jungle in the wade of power going into the hands of Lode and Mugal rulers in India. The Ashoka pillar was excavated only when the forest was being cleared for wood around 1896. In fact, the name of Khadga Shamsher, the erstwlile commanding general of Palpa, is closely associated with the event since is was he who had ordered felling of trees, something which led to the discovery and excavation. Archaeologist, Dr. Aloes Anton Futhrer, who had been excavating near Nepalgung in search of Buddha's birthplace meanwhile had subsequently gone to Lumbine and had taken the print-image of he writing on the Ashoka Pillar. Another archaeologist, Bueler, had sucessfully decoded the writings and it was only then when it was established that Buddha was born in Nepal and was historical figure as against he western belief that Buddha was just a mythical figure. Chief archaeologist of Archaeology Department, Shukra Sagar Shrestha, says that although the inscriptions on the Ashoka pillar do not add up to any substantial scale, whatever is there is enough to suggest that Buddha was born in Nepal. Similarly, Bhikchhu Sudarshan Mahasthawir, a researcher, had arrived at the "marker stone" which has been mentioned as the indicator of Buddha's birthplace. This, incidentally, is the important piece of evidence. It may also be said that the name of all four places related to Buddha do not appear in any pillars save, of course, the one in Lumbini although there are similar milestones at Bodhgaya, Saranath and Kushinagar. Unlike other Ashoka pillars around India, the one at Lumbini is clear and intact. This is the oldest milestone in Nepal which has the writer's name carved on it. It may be said that certain Indian writer had published a bood claiming that Ujjain of India was Buddha's birthplace. However, it is said that he had used the technology to fade ancient writings. Hence there in lies the important of protecting Lumbini. Meanwhile, the top edge of the Ashoka pillar has cracked and the crack is slowly widening out. To avoid further damage by the rainwater a stone topping has been const vucted. Dr. Prem Ratna Sthapit, Chief conservator & Office Chief of Central Conservation Laboratory for Cultural Heritage Bureau, says that the pillar has been subjected to chemical treatment to minimize the damage. Apart from this, the metal ring on the pillar has been replaced by two alloy rings made out of copper, zinc and nickel. According to Shrestha, "If we want to protect the pillar a roof is a must." Moreover, the pillar has ended pu tilting to the west. Digging near the foundation has been said to be the reason behind it. Sudarshan has claimed that the unnecessary digging was an outrageous act and he himself had gone to protest against the act. United Nations Education Social Cultural Organization (UNESCO) had organized a meeting of the experts of archaeology in Kathmandu a few months back and the meeting had suggested that the Ashoka pillar and other structures at Lumbini receive further protection.
(Courtesy: SPACETIME TODAY June 24, 2001)

Mothers' words more powerful than ward chairmen's



By Basanta Maharjan

The mothers of Pokhara have proved that mothers can actively play an influential and effective role in society. The 'credit' or respect that mothers command in society has become a legend of sorts in Pokhara. Town dwellers here may not abide by the orders or decisions of ward chairmen or members in many a situation, but they accept the verdict of mothers' groups without any complaint. It may be hard to believe, but even people's representatives here do not deny this phenomenon. In Pokhara Sub-Metropolitan City alone, there are over five dozen mothers' groups distributed among its toles [the smallest unit of a local body]. It would not be wrong to say that mothers' groups have become an indispensable part of ordinary life in Pokhara. If one goes to any part of the city and asks any inhabitant-child, elderly person or youth-about the whereabouts of the members of the mothers' group, chances are that the respondent's family members belong to the mothers' group in question or the respondent herself is a member. Such groups exist in every tole. Each group has, on an average, 60 members. Says Gauri Shahi, president of the Bhairabh Tole Mothers' Groups, one of the oldest of its kind: "We established the group nine years ago. Back then there were only two or three such groups. Inspired by our good work, others started to form such groups in their toles. If a group in a tole discusses any new issue, others are enthusiastic about doing the same thing. At times we also conduct programs jointly." Many works in villages are done through mothers' groups. If one seeks the help of the police or administration for even a small problem, it takes months to get it solved. But if the majority finds the opinion of a mothers' group satisfactory, decisions are taken instantly. The cost is negligible and justice prompt. In this way, these mothers' groups have been able to win the hearts of many villagers. According to Nepal's Citizenship Act, people cannot get citizenship certificates without the recommendation and approval of their father. Says Shubhadra Koirala, president of the Woman Jagriti Mothers' Group: "Girls who have grown in front of our eyes get married and pregnant and then the husband absconds. Some husbands even disown their wives. What is the fault of the mother and the child in such cases? But children born in such circumstances do not get citizenship. We do not want any such child to be deprived of Nepali citizenship. But we are not trying to provide citizenship to foreigners." One of those, who got a citizenship certificate on the recommendation of Koirala's group, is a girl from a Shrestha family. She has passed SLC from the local Barahi Secondary School. Says Koirala: "A boy fell in love with a girl in our neighborhood and impregnated her. But later, he refused to marry her and fled. After giving birth to a baby the mother also ran away. Her grandmother and we reared the baby girl. It was very difficult to provide the girl with citizenship. But if you have the will, the impossible can become possible." She further adds: "The Woman Jagriti Mothers' Group, the Paropakar Mothers' Group and the Jalpadevi Mothers' Group got together and convinced a cousin of the boy and provided the girl with citizenship. There are still five such children who need citizenship. Some elderly women are yet to receive it. So we are trying to provide citizenship to all." A daughter of an Acharya family in Gharmi (Pokhara) was threatened, humiliated and mistreated by her husband and his family because she had not brought adequate dowry. Married on 9 Dec. 2005, she was accused of carrying the baby of somebody else's and beaten by her husband and in-laws, who then threw her in the jungle at night. Upon hearing the incident, the Woman Jagriti Mothers' Group and human rights organizations lobbied for action against the perpetrators. The husband was put in police custody while the woman was admitted to hospital at the initiative of the mothers' group, says President Koirala. These mothers' groups do not confine their activities to solving the problems of women. They are at the forefront of construction or renovation of temples in their respective toles, and also make necessary arrangements for daily pujas. Likewise, they participate in constructing water tanks and providing shelter for people in mourning. Such activities are done in partnership with men as well. In co-ordination with men, the Woman Jagriti Mothers' Group has built a bridge that cost Rs 1.7 million to link Ward 4 with Ward 5. President of the Paropakar Mothers' Group Gomadevi Godar says her group has made economic transactions to the tune of Rs 1.7 million. The economic success of these mothers' groups can be easily gleaned from the ability of the Maidan Mothers' Group to provide steady economic support to a local secondary school.A common feature of the mothers' groups of Pokhara is that their members are only mothers, who consider their daughter-in-laws as their successors. Anthropologist Suresh Dhakal of Tribhuvan University says the initiatives of mothers' groups serves as an example for development in society. He opines that these activities, which are based on local resources, could form a firm basis for long-term development. "It is in itself a great achievement that these mothers' groups have been able to mobilize local resources and engage in transactions worth Rs 1-1.2 million. Such activities should be gradually carried out elsewhere too." A regular source of the groups' revenue is the levy raised from members every month. Money raised from playing Bhailo [during the Tihar festival], donation, financial assistance from local bodies and fees from training programs also contribute to their coffers. Some mothers' groups have their own building. Such groups have rented out some rooms. Some individuals, who return home from abroad, are known to have made donations worth Rs 4000-5000 to the mothers' groups of their respective toles. Says President of the Maidan Mothers' Group Laxmi Basnet: "If there is a marriage ceremony in the village, we attend it to sing and dance and contribute the money we thus receive to the groups' fund." Members regard their groups' fund as their own earnings. Their initiative, dedication and effectiveness have begun to draw the attention of INGOs. Such organizations are attracted to the work of mothers' groups because they have realized that projects run by donor countries are not sustainable, says Laxmi Basnet, president of the Maidan Mothers' Group.

जाँचमा फेल होलान् भन्ने भन्दा धर्म नासिएला भन्ने डर



- बसन्त महर्जन / कृष्ण अधिकारी

महिलामा हुने मासिक रजस्वला नेपालको सुदूरपश्चिम क्षेत्रका छात्राहरूका लागि शैक्षिक विकासमा समेत बाधक रहेको छ । रजस्वलाका बेला छात्राहरू विद्यालय नगई घरमै बस्न बाध्य हुन्छन् । राजधानीबाट करिब आठ सय किलोमिटर पश्चिममा रहेको डडेलधुरा जिल्लामा पर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा जोगबुढाअर्न्तर्गत समुदायको विकासमा कार्यरत लक्ष्मी जोशी पनि आफ्नो समयमा छुई (रजस्वला) हुँदा स्कूल कहिलै गइनन् तर उनी अहिले अरूलाई स्कूल जान प्रोत्साहित गर्छिन् । भन्छिन्- 'छुई भएको बेलामा स्कूल जाँदा 'सर' हरूले केही नभने पनि घरसमाजबाट गाली पाइन्छ भन्ने डर हुन्थ्यो । त्यसैले छुई हुँदाको चार दिन पढाइ छुट्थ्यो र प्रत्येक महिना चार दिन पढाइ छुट्नु भनेको धेरै गम्भीर कुरा हो ।'
उमेर पुगेका किशोरीहरूमा रजस्वला हुनु स्वाभाविक र प्राकृतिक प्रक्रिया हो । तर, पश्चिम नेपालमा भने सामाजिक अन्धविश्वासका कारण यो महिलाका लागि अभिशाप नै भएको छ । स्थानीय भाषामा रजस्वला हुनुलाई छाउ वा छुई भनिन्छ र यस्तो बेला उनीहरूलाई अलग्गै राखिन्छ । यसलाई स्थानीय भाषामा 'छाउपडी' बस्ने भनिन्छ । छुई हुँदा महिलाले कसैलाई छुन हुन्न, छोएको खण्डमा देवता रिसाउँछन् र अनिष्ट हुन्छ भन्ने मान्यताले जरा गाडेको छ । यस्तो अवस्थामा महिलाहरू समाजबाट अपहेलित नै हुन्छन् भन्दा पनि हुन्छ । डडेलधुरामा जस्तै डोटीमा पनि पनि छुई हुँदाको अवस्था महिलाहरूका लागि निकै पीडादायी हुने गरेको उनीहरू बताउँछन् । त्यहाँ घरभन्दा अलि पर सानो छाप्रो बनाएर छुई भएकाहरूलाई राख्ने गरिन्छ । यसरी घरभन्दा टाढा राख्ने चलन डडेलधुरा, बैतडी, बझाङजस्ता क्षेत्रहरूमा कम हुँदै गइरहेको भए पनि डोटीबाट बसाइँ सरेर आएका डोटेलीहरूमा बढी रहेको स्थानीय बासिन्दाहरू बताउँछन् । पश्चिम नेपालका ती दर्गम जिल्लाहरूका प्रायः घरहरू दुईतल्ले हुन्छन् र माथिल्लो तलामा मानिसहरू र भुइँ तल्लामा गाईवस्तु बस्ने गर्दछन् । छुई भएको बेला महिलालाई गाईवस्तुसँगै भुइँ तल्लामा राख्ने चलन अद्यापि कायमै छ । पछिल्ला वर्षरूमा घरदेखि टाढा अलग्गै झुपडी नबनाई महिलाहरूलाई घरकै भुइँ तलामा बस्न दिइन्छ जसलाई स्थानीय बुद्धिजीवीहरू सामाजिक सुधार भन्न मन पराउँछन् । सामान्य अवस्थामा भन्दा विशेष हेरचाह गरिनुपर्ने अवस्थामा शारीरिक र मानसिक रूपमा स्वास्थ्यलाई प्रतिकूल प्रभाव पर्नेगरी वर्षादेखि चल्दै आएको छाउपडी प्रथा मूलतः सामाजिक तथा धार्मिक अन्धविश्वासमा आधारित छ । तर, यो प्रथाको मूल्य-मान्यता के हो र कुन देवता रिसाउँछन् भन्ने स्पष्ट जवाफ र वैज्ञानिक कारणहरू यसका अनुयायीहरूसँग पनि छैन । परम्परादेखि चल्दै आएको भन्दै त्यसलाई आज्ञाकारी भई निभाउँदै आइरहेको भन्नेबाहेक र्सवसाधारणसँग जवाफ पनि पाइँदैन ।
'छुई हुँदा लाज हुन्छ, अनि कसरी स्कुल जाने त- 'एउटी छात्रा अबोध प्रश्न गर्छिन् । सामाजिक परिचालिका लक्ष्मी जोशी भन्छिन्- 'छुई हुँदा लाज हुने व्यक्तिगत कुरा हो । यद्यपि घरपरिवारका सदस्यहरूमा छात्राहरूलाई छुई भएको बेला स्कुल पठाउनु त कताकता किताबकापीहरूसम्म पनि छुन दिनुहुँदैन भन्ने मान्यता कायम नै छ । यही मान्यता नै छात्राहरूको शैक्षिक विकासका लागि तगारो बन्दै आएको छ ।'
बझाङ जिल्लाको सुनकुडास्थित उच्चमाध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर मल्ल छुई भएका बेलामा पनि छात्राहरू स्कुलमा निर्धक्क आउन सक्ने र विद्यालयबाट यसमा कुनै अवरोध नहुने बताउँछन् । 'तर समस्या के हो भने उनीहरू स्कुल नै आइदिँदैनन् ।' उनी भन्छन्- 'यदि कुनै छात्रा चार दिनसम्म स्कुल आएनन् भने शिक्षकहरूले ती छात्रा छुई भएका कारणले स्कुल नआएको बुझ्छन् तर यससम्बन्धमा कोही केही भन्दैनन् । छुई हुँदा छुट्ने पढाइका कारण पनि अन्य विद्यार्थीहरूका तुलनामा छात्राहरूको पढाइ कमजोर हुने गरेको पाइन्छ ।'
छोरीलाई पनि स्कुल पठाउनुपर्छ भन्ने सन्देश सुदूरपश्चिममा पनि रामै्रसँग पुगेको छ । सुनकुडा उच्चमावि बझाङका ३ सय ७९ विद्यार्थीमध्ये छात्राको संख्या १ सय १३ रहेको छ । तर, सोही विद्यालयको उच्चशिक्षा हासिल गर्ने छात्राको संख्या भने निकै कम भएको तथ्यांकले देखाउँछ । कक्षा चढ्दै गएपछि छात्राको संख्यामा ओरालो लाग्ने अनुभव प्रधानाध्यापक मल्लको छ । उनका अनुसार वरिपरिका अन्य विद्यालयहरूमा पनि यही स्थिति रहेको छ ।
दुई-चार कक्षा भए पनि पढाएर छोरीको आँखा उघारिदिइहाल्यौं, यति भए भइहाल्यो नि त भन्ने सोचाइ अभिभावकहरूमा रहेको पाइन्छ । उनीहरूको यस सोचाइले पनि उच्चशिक्षामा महिलाहरूको पहुँच न्यून छ । आमाहरू शिक्षित नभएका कारण छात्रछात्रा छुई भएको बेला अनेकौं शारीरिक र मानसिक पीडा खेप्न बाध्य हुन्छन् । छाउपडी प्रथाकै कारण छात्राहरूको पढाइमा प्रतिकूल असर परेको सहजै अनुमान गर्न सकिन्छ ।
तुलनात्मक रूपमा शहरीकरण भएको ठाउँमा छाउपडीको समस्या छैन । जनयुद्धका नाममा सक्रिय भूमिगत राजनीतिक पार्ट नेकपा (माओवादी) का कारण पनि सुदूरपश्चिमका दुर्गम बस्तीहरूमा सुधार आएको दाबी माओवादी कार्यकर्ताहरूको छ । माओवादीका कार्यकर्ताहरूले सामाजिक अन्धविश्वास र महिलामाथि हुने गरेको भेदभावका विरुद्ध अभियान सञ्चालन गरेपछि यसमा विस्तारै सुधार हुँदै गएको बझाङ जिल्लाको इलाका नम्बर ५ की इन्चार्ज शारदा बताउँछिन् । उनका अनुसार महिला वर्गमा हुने गरेको छाउप्रथा, दाइजो प्रथा, जारी प्रथाहरूको उन्मूलनमा महिला मोर्चा सक्रिय रहेको छ । उनी भन्छिन्- 'सदियौंदेखि समाजमा जरा गाडेको कुसंस्कारलाई एकैबाजी हटाउँछौं भन्दैमा हटाउन सकिने कुरा होइन, यस्ता कुरा जनताले विस्तारै बुझ्छन् तर छाउपडीका लागि घरबाट अलि टाढा अलग्गै झुपडी बनाएर राख्ने मान्यतालाई हामीले कडाइका साथ रोकिरहेका छौं, यसरी नै छात्राहरूलाई छुई भएको बेलामा पनि स्कुल पठाउनका लागि छात्रा तथा अभिभावकहरूलाई प्रोत्साहन गर्दै आएका छौं ।'
तर र्छर्ुइ भएको बेला कसैलाई छुन नहुने, छोइयो भने अनिष्ट हुनेजस्तो कुराहरू सामाजिक अन्धविश्वास भएको र यसमा वैज्ञानिकता कत्ति पनि नभएको सर्न्दर्भ गाउँमा बूढाबूढीहरूलाई बोध हुन सकेको देखिँदैन । उनीहरूमा अन्धविश्वास कतिसम्म छ भन्ने प्रसंगमा समुदाय परिचालक लक्ष्मी जोशीको कुरा घतलाग्दो छ । उनी भन्छिन्- "छुई भएको बेलामा छोरीलाई स्कुल नपठाउँदा जाँचमा फेल होलान् भन्नेभन्दा पनि धर्म नासिएला र पाप लाग्ने कुराको बढी डर अभिभावकमा हुन्छ । यही डर नै सुदूरपश्चिमका छात्राहरूका लागि अभिशाप बनेको छ ।"
(सञ्चारिका लेखमाला/सञ्चारिका समूह)

राज्यको वक्रदृष्टिमा कीर्तिपुर


- बसन्त महर्जन

कीर्तिपुर-बस्तीमा राजाहरूले पाइला टेकेका छैनन् । प्रधानमन्त्रीहरू पनि विरलै पुग्छन् । विकासमा पछि परेको कीर्तिपुर प्रस्तावित नयाँ चक्रपथको नक्सामा पनि बाहिरै परेको छ । राजधानीको टुँडिखेल वरपर द्वन्द्व चर्किरहदा कर्फ्र्यु चाहिँ शान्त कीर्तिपुरमा लाग्छ । आखिर किन ? 

► राजधानीको चक्रपथभित्रको क्षेत्रलाई 'दङ्गाग्रस्त क्षेत्र' घोषणा गरेकै दिन (२६ चैत्र, २०६०) कीर्तिपुरमा कर्फ्र्यु लगाइयो, राति ११ देखि बिहान ४ बजेसम्म । प्रतिगमनविरुद्ध पाँच दलले सडक पर्र्र्दर्शन गरिरहेका रत्नपार्क, बागबजार आदि क्षेत्रहरूभन्दा सात-आठ किलोमिटर दक्षिण-पश्चिममा पर्ने कीर्तिपुरमा २६ चैत्रको बिहान तीस/चालीस जनाको एउटा जुलुस निस्केको बाहेक अरू कुनै विशेष घटना भएको थिएन । कर्फ्र्युको समाचार सुनेपछि कीर्तिपुर बासीको स्वाभाविक जिज्ञासा थियो, केही नभएको ठाउँमा अचानक किन कर्फ्र्यु ?

► त्यसको एक दिनअघि स्थानीय सहारा सहकारी संस्था लिमिटेड सञ्चालनको तारतम्य मिलाउन जिल्ला सहकारी कार्यालय, काठमाडौँका अधिकृत केशव-बहादुर थापा निरीक्षण र मुचुल्काका लागि कीर्तिपुर आउने कार्यक्रम थियो । तर कीर्तिपुरसम्म जान उनलाई खतरा महसूस भयो । उनले आफ्नो अफिसमै बसेर कीर्तिपुरको मुचुल्का तयार पारे ।

► दश वर्षेखि कीर्तिपुरमा डेरा बस्दै आएका साहित्यकार सुकुम शर्माले कीर्तिपुरको बजार क्षेत्रमा जग्गा किन्न खोज्दा घरपरिवारको स्वीकृति पाएनन् । उनी भन्छन्, "कीर्तिपुर सुन्नासाथ नाता-गोताले समेत आपत्ति जनाए । मैले उनीहरूलाई बुझाउन सकिरहेको छैन ।"

यी घटनाहरूले देखाउँछन्– कीर्तिपुरबारेको भ्रम र पूर्वाग्रह । काठमाडौँका जिम्मेवार व्यक्ति तथा निकायहरूले समेत कीर्तिपुरलाई प्रायः विकट र असुरक्षित क्षेत्रका रूपमा हर्ेर्ने गरेका छन् । यसले कीर्तिपुरबासीहरूको मनमा केन्द्रले आफूलाई विश्वास र वास्ता नगरेको छाप पारेको छ ।

कुनै दङ्गा वा तनाव नै नभई २६ र २७ चैतको राति कीर्तिपुरमा कर्फ्र्यु किन लगाइयो - काठमाडौँका प्रमुख जिल्ला अधिकारी वामनप्रसाद न्यौपाने माओवादी गतिविधि हुनसक्ने सूचनाका आधारमा त्यसो गरिएको बताउँछन् । तर, प्रजिअको यो भनाइले मात्रै कीर्तिपुरबासीको शङ्का निवारण हुँदैन । उनीहरू कर्फ्र्युलाई समेत कीर्तिपुरबारे राज्यसंयन्त्रको 'गलत बुझाइ' को परिणाम ठान्छन् । माओवादी गतिविधि शुरु हुनुभन्दा अघिदेखि नै सुरक्षा निकायहरू कीर्तिपुरप्रति सशङ्कति रहने गरेको नमीठो अनुभव छ कीर्तिपुरबासीसँग । चिठु गाउँका पर्ूव प्रधानपञ्च द्वारिका महर्जन भन्छन्, "तत्कालीन अञ्चलाधीशहरूले कीर्तिपुर क्षेत्रका पञ्चहरूलाई कहिल्यै पञ्चका रूपमा हेरेनन्, सिंहदरबारमा बस्नेहरूको यो दृष्टिकोण आज पनि उस्तै छ ।"

त्यसो त राणाकालमा पनि कीर्तिपुरमाथि पर्वाग्रह राखिएका उदाहरणहरू भेटिन्छन् । स्थानीय वयोवृद्धहरूका अनुसार, त्यतिखेर अधिराज्यभर 'विर्ता प्रथा' चले पनि कीर्तिपुरबासी यसबाट वञ्चित थिए । दरबारमा निकै चाकडी गरेपछि मात्रै उनीहरूले 'सेरमा विर्ता' पाउँथे, जसअनुसार प्रति रोपनी चार आना कर तिर्नुपथ्र्यो । नेपाल एकीकरणका सर्न्दर्भमा पृथ्वीनारायण शाहको गोर्खाली सेनाले कीर्तिपुरमा उत्पात मच्चाएकोले कीर्तिपुरबासीमा प्रतिशोधको भावना हुनसक्ने त्रासबाट नेपाली राज्य सधैँ सशङ्कति रहँदै आएको धेरैको कथन छ ।

२०१३ सालमा स्थापित त्रिभुवन विश्वविद्यालय -त्रिवि) नजिकै कीर्तिपुर गाउँमा एउटा साधारण क्याम्पस सञ्चालनको स्वीकृति पाउन त्यहाँका शिक्षाप्रेमीहरूले २०४७ सालसम्म पर्खनु परेको, कीर्तिपुर बाहिर निस्कने एउटा परम्परागत बाटोमाथि अधिकार जमाई विश्वविद्यालयले एकलौटी उपयोग गरेको, हाल प्रचलनमा रहेको फराकिलो मोटर बाटो पनि विश्वविद्यालय परिसरभित्रै रहेको; खानेपानी, ढल निकास, टेलिफोन आदि राज्यप्रदत्त सुविधाका लागि राजधानीकै अन्य क्षेत्रमा जस्तो प्राथमिकता नदिइएको जस्ता कुराहरूलाई पनि कीर्तिपुरबासीहरूले आफूहरूमाथिको प्रतिशोधकै रूपमा अर्थ्याउने गरेका छन् ।

न राजाले टेके, न सरकारले बुझ्यो 
गद्दीनसीन शाहवंशीय राजाहरू आजको मितिसम्म कीर्तिपुरको मुख्य बस्ती वा बजार प्रवेश गरेको र्सवसाधारणलाई हेक्का छैन । त्रिविको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख प्रा.डा. मुकुन्दराज अर्याल कीर्तिपुर विजयपछि केही दिन राजा पृथ्वीनारायण शाह यहाँको कोट घरमा बसेको तर उनका उत्तराधिकारीहरूका सम्बन्धमा स्पष्ट नभएको बताउँछन् । उनी भन्छन्, "राजाहरूले कर्ीर्तिपुरमा भ्रमण गर्नुहुँदैन भन्ने सांस्कृतिक मान्यता रहेको पनि पाइँदैन तर त्यसो किन भयो मलाई थाहा भएन ।" यसरी कारण जे भए पनि शाहवंशका राजाहरूले कीर्तिपुरमा पाइला टेकेको देखिँदैन ।

कीर्तिपुर र त्यस वरिपरिका नगाउँ, पाँगा, चोभार, तौदह, भाजङ्गाल, चम्पादेवी, सल्यानस्थान आदि क्षेत्रहरूलाई समेटेर वि.सं. २०५३ मा उन्नाइस वटा वडा रहने गरी कीर्तिपुर नगरपालिका बनाइयो । हालको नयाँ बजार, खासीबजार, सागल टोल, समल र देवढोका भई पुनः नयाँबजार जोडिएको बाटो भित्रको बस्ती नै मूल कीर्तिपुर हो; जसमा नगरपालिकाका सात वटा वडाहरू पर्छन् । त्रिवि स्थापनापछि कुलपतिका हैसियतले वर्षोनी विश्वविद्यालयसम्म पुग्ने गरेका राजाहरूलाई 'मूल कर्ीर्तिपुर' तिर उक्लने खाँचो वा इच्छा जागेको पाइँदैन ।

स्थानीय ७९ वर्षीय समाजसेवी सानुभाइ महर्जन भन्छन्, "श्री ३ महाराज जुद्धशमशेर हात्ती चढेर बाघभैरवको दर्शन गर्न आएको मलाई सम्झना छ । त्यसबेला कीर्तिपुरबासीले खानेपानीको माग गरेको हुँदा त्यसको व्यवस्था भयो । र्सार्वजनिक धाराहरूको उद्घाटनका लागि श्री ३ नै आउने भनी भव्य तयारी गरियो तर किन हो, उद्घाटन गर्न उनको साटो तत्कालीन चीफ साहेब पद्मशमशेर आए । राणाकालपछि कुनै पनि राजा विश्वविद्यालयभन्दा माथि बस्तीमा आएका छैनन् ।"

तर राजनीतिक पर्ूवाग्रह राखेर कीर्तिपुरमाथि पक्षपात भएको आफूलाई नलागेको कर्ीर्तिपुर निवासी, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल बताउँछन् । उनी भन्छन् "कीर्तिपुर बासीमा बदलाको भावना नहुन सक्छ तर 'सबकन्सस माइण्ड'का कारण मनोवैज्ञानिक रूपमा व्रि्रोही प्रवृत्ति बढी देखिएको छ । त्यो भावनालाई राज्यविरुद्ध परिचालन गर्न सजिलो हुने भएकोले बेलाबेलामा विभिन्न राजनीतिक शक्तिहरूले उक्साउन आउने गरेका छन् ।" प्रा. खनालका अनुसार प्रशासनले आफ्नो नक्सामा कर्ीर्तिपुरलाई रातोचिन्ह लगाएर समस्या समाधान हुँदैन, यसले त बिद्रोहको भावनालाई झनै बढाइदिन सक्छ ।

निरन्तर विभेद
राजधानीको २८ किलोमिटर लामो चक्रपथको आकार 'चक्रपथ'जस्तो छैन । शुरुको योजनामा यो झण्डै गोलोे आकारमा थियो । तर पछि त्यसबाट कीर्तिपुरलाई झििकयो । कीर्तिपुरको विकासमा चक्रपथले ठूलो योगदान दिनसक्थ्यो तर किन हो, यो प्राचीन शहर रिङरोडभित्र परेन । कीर्तिपुरलाई चक्रपथभित्र नपार्न 'विश्वविद्यालयको वातावरणमा असर पर्ने' तर्क त्यति बेला अगाडि सारिएको बताइन्छ । तर यो एउटा बहाना मात्र भएको स्थानीयबासीहरू ठान्छन् ।

कीर्तिपुरलाई प्रस्तावित 'आउटर रिङ्गरोड'ले समेट्ला भन्ने ठूलो आशा थियो । तर यसको नक्साबाट पनि कीर्तिपुरलाई बाहिरै राखिएको छ । प्रस्तावित 'आउटर रिङ्गरोड' स्वयम्भूमा पुगेपछि वर्तमान चक्रपथलाई नै पक्रन्छ र सातदोबाटो पुगेपछि भैँसेपाटीतिर लम्केर अगाडि बढ्छ । यसले कर्ीर्तिपुरप्रति राज्यले नियतवश नै पर्ूवाग्रह राखेको सङ्केत दिन्छ ।

एकीकरणको बेला भएको गोरखाली सेनासँगको युद्ध इतिहासको एक अध्याय भएको र कीर्तिपुरको अर्थ तथा महत्त्व त्यो समयको भन्दा फरक भइसकेकाले स्थानीय बुद्धिजीवीहरू कीर्तिपुरको छविमा सुधार ल्याउनुपर्ने खाँचो औंल्याउँछन् । स्थानीय शिक्षक जनार्दन श्रेष्ठका अनुसार यसका लागि कीर्तिपुरबासीले आफूप्रति सदाशय देखाउने सबैसँग हातेमालो गर्नैपर्छ । बेला-बेलामा हुने राजनीतिक गतिविधि पनि छवि सुधारका निम्ति सहयोगी नहुने गरेको उनको धारणा छ । कीर्तिपुरबासी उपेक्षा र पर्वाग्रह हैन, त्यस्तै सदाशयको प्रतीक्षामा देखिन्छन् ।

अविरल यात्रामा कलाकार रायन



-- बसन्त महर्जन

आफूले ओसारेको भारीको ज्याला ऊ माग्दै थियो तर साहुजी भने ज्याला दिइहाल्न अन्कनाउँदै भोलिमात्र लिन हप्काउँदै थियो । दिनु पर्ने ज्याला जहिले दिए पनि साहुजीलाई केही फरक नपर्दैमा भरियालाई पनि त्यस्तै होला र - साँझको समय पनि थियो । यी दुइ पात्र को हुन्, कहाँका हुन् इत्यादी इतिवृत्तान्तको संक्षिप्त रुपमा यति नै यथेष्ट होला नेपाली हुन्, बस त्यत्ति र यसैले गर्दछ नेपाली समाजको प्रतिनिधित्व । त्यत्ति बेला बाटोमा हिड्दै गरेका रायनलाई त्यो घटनाले चसक्कै छोयो । हुन त उनी त्यत्ति बेला नै नाम कहलिएका कलाकार भइसकेका थिए तर भरियाको अनुहारमा आफूलाई देख्न पुग्यो र ठेलामात्रै ठेल्दाठेल्दै जुनी त गल्दैगल्दै बितिरहेको कटु अनुभव हुन पुग्यो । उही भरियामा चर्र्लुम्मै डुबेर गीत गुन्गुनाउन पुग्छन् । गाउँमा त सरकार थेन थेन यो शहरको बीच सडकमा पनि सरकार देखिन देखिन निमुखालाई न्याय दिने सरकार खोजी म हिडिरहेछु रोई बस्यो भने अझ सबले रुवाउने र चुपचाप सह्यो भने अझ पागलै तुल्याउने यथार्थबोध पनि उनीसित छ । यस्तो विसंगतिपर्ूण्ा परिवेशमा आँखा चिम्लेर, कान थुनेर र मुखमा दही जमाएर आफूलाई जनताका कलाकार भनाउनेहरु कहाँ बस्न सक्छन् र - केही साथीहरुलाई साथमा लिएर कलाकार रायन गाउँ गाउँमा र शहर शहरमा जनताका घरदैलोमा उनीहरुकै गीतहरु घन्काउँदै हिड्न थाले । उनको यो यात्रा अविरल छ । र भन्छन् जनताका गीत गाउँदै हिड्दा मलाई अपार आनन्द आउँछ ।विक्रम सम्वत २०००मा जन्मेका कलाकाार रायनले २०३०सालपछि मात्रै जनताका गीत गाउन थालेका हुन् । यसअघि राल्फा नाउँको एक जमातमा संलग्न भएर व्रि्रोहका गीतहरु गाएका रायनले उद्देश्यमूलक गीत गाउनु पर्छ भनेर गरीव जनताका दुःख र उनीहरुको मुक्तिका गीत गाउन थाले, वेदना सांस्कृतिक परिवार गठन गरेर र त्यसलाई तत्कालिन नेकपा -चौथो महाधिवेशन ) सँग आबद्ध गराएर । उनी भन्छन् मुक्तिकै लागि हिड्ने हो भने यसरी नहिडी के गर्ने- त्यसपछि अन्य पार्टर्ीीले पनि आआफ्नो सांगीतिक समूह बनाउन थाले । निरंकुश पंचायती व्यवस्थाको त्यो कालरात्रीमा सबै पार्टर्ीी प्रतिवन्धित थियो र जनतासम्म पुग्न पार्टर्ीीलाई संगीत नै भरपर्दो माध्यम हुन गयो । रायनको गीतले मान्छेहरुलाई प्रभावमा पार्दै लग्यो । २०३०सालपछाडि पार्टर्ीीे हैसियत संगीतको मााध्यमबाट हुन थोको विचार उनको छ । उनका गीतहरुमा आफ्ना दुःखहरु सुनेर मान्छेहरु रुनमात्रै थालेनन्, आँखा खेालेपछि मुक्तिका लागि हिड्नेहरु पनि देखा पयो । संगीतबाटै पे्ररित भएर होला सक्रिय राजनीति गरिरहेकाहरु पनि छन् । उनी सन्तोषको श्वास फेर्दै भन्छन् संगीतको प्रभाव देखेर आफूले पनि यहाँ केही गरेको अनुभव भएको छ । कलाकार रायनले थुप्रै गीतको लेखन, गायन र संगीतलाई साथसाथ लानु भयो । गीति नाटकहरु सिम्मा र कहाली का लेखक तथा संगीतकारका रुपमा पनि विशेष रुपले चर्चित रायनलाई जनपक्षीय गीत संगीन क्षेत्रमा नेतृत्वकर्ताकै रुपमा पनि लिइन्छ । उनी पछिका कलाकारहरु रायनलाई आफ्नो प्रेरणा भएको बताउँछन् । उनीहरुका रायन दाइ को यो सांगीतिक यात्रा नेपालको लागि महत्वपूर्ण मानिन्छ । तर उनले हालसम्म मंचमा एकल गायन भने प्रस्तुत गरेका छैनन् । यस क्ष्ेत्रका मान्छैहरु उत्साहित छन् एक सांगीतिक प्रस्तुति गराउन । त्यो प्रस्तुतिलाई मिल्दो नाम पनि दिइएको छ अविरल यात्रा । जनताका घरदैलामा आवश्यक पर्ने रायनलाई वैशाख ९ गते काठमाडौं को प्रज्ञा भवनमा अविरल यात्रामा प्रस्तुत गरिंदा अन्य गायक र उनमा कै नै फरक रहला र - उठ्न सक्ने एउटा प्रश्न हो । यस कार्यक्रमका लागि नेपाली कला साहित्य र स.गीत क्षेत्रका विशिष्ट व्यक्तिहरुसमेत को सहभागिता रहेको आयोजक समितिका संयोजक एवं वरिष्ठ नृत्य निर्देशक हरिकृष्ण दर्शनधारी भन्छन् रायनले जीवनभर गाएका जनगीतहरुको प्रतिनिधि गीत एकै ठाउँमा स्ुन्न पाइने यो एउटा सुवर्ण्र्ाावसर हो भने एउटा एफ एम रेडियोबाट यसको प्रत्यक्ष प्रसारण पनि भइरहेको हुन्छ । यसरी नै कार्यक्रम देखाएर उठेको पैसा व्यत्तिगत रुपमा पाँच पैसा पनि खर्च गरिंदैन, यही क्षेत्रमा लगानी गर्न कोषको स्थापजना गर्न लागेका छौं । आफ्नो परिवेश अलि फराकिलो हुँदैमा आफ्नो विगत विर्सनेहरुमा कलाकार रायन पर्दैन । गरीव जनता र उनीहरुसँग बिताएका समयहरु को सम्झना उनलाई ताजै छ । ताजै छ उनी जन्मेको र हर्ुर्केको ठाउँ र त गाउँछन् –
जहाँबाट शुरुभयो मेरो जीवन गंगा
कसरी म विर्सन्छ तिमीलाई ओखलढुंगा

सगरमाथको चुचुरोमा एउटा केटो



-- बसन्त महर्जन

एउटा चन्चले केटो अलि चकचके पनि थियो - सानै उमेरदेखि । जे गर्छर्ुुन्थ्यो गर्नै पर्ने । तुरुन्त तुरुन्तै रिसाउँथ्यो पनि । जुन कुरा खान्छु भन्थ्यो, त्यो कुरा खानै पर्ने बानी । गाउँमा धानको खेती नहुने भएर ढिंडोको प्रचलन थियो र उसलाई भने भातै खानु पर्ने । यस्तो बेलामा छोराको सबै इच्छा पूरा गर्न आमा कसरी साक्छिन् र ? छोराको जिद्दीपनादेखि आमा लाक्पाडिकी शेर्पा कहिलेकाहीं त हैरान पनि हुन्छिन् र छोरालाई गाली गरी गरी खुवाउँछिन् , मायालु पाराले । त्यो चन्चले र चकचके केटा अरु होइन, तेम्बाछिरी शेर्पा हो, भर्खरै मात्र आठ हजार आठ सय अठचालीस मिटर उचाईको सर्बोच्च शिखर सथगरमाथा आरोहण गरी सोह्र वर्षो सबैभन्दा कम उमेरमा नै शिखरको चुचुरोमा पाइला टेकेर विश्वकीर्तिमान कायम गरेका । कुनै बेला सम्पर्ूण्ा मानव समाजको लागि नै एक चुनौती भइरहेको थियो त्यो सगरमाथा । त्यही सगरमाथा चढ्ने उनको इच्छामा पनि उहीे जिद्दी झल्किन्छ । सगरमाथा नचढ्न आमाले कम्ती सल्लाह नदिएकी होइनन् । तर तेम्बा भने सगरमाथा चढ्न मरिहत्ते गर्थे । दश बाह्र वर्षो उमेरदेखि सपनामा पनि हिमाल चढेको देख्ने उनलाई कसले पो रोक्न सक्छ र ? गत वर्षसगरमाथा चढ्न हिडे तर सकेनन्, दुई हालको कलिला कलिला पाँच औंला हिउँलाई खुवाएर दुःखित हुँदै र्फकनु पर्‍यो । त्यति हुँदाहुँदै पनि सवैलाई के कुरामा छक्क पार्‍यो भन्देखि सगरमाथाको कूल उचाइ भन्दा २२ मिटर तलसम्म पुगेको रहेछ । अर्थात उमेरको हिसाबले सबैभन्दा कान्छाको पाइला त्यही थियो । नानीदेखि लागे बानी भनेजस्तै सगरमाथा चढी छाड्ने उनको इच्छा वा जिद्दी सेलाएको भने होइन । महाभारतमा अर्जुनले पंक्षीको आँखा बाहेक केही नदेखेजस्तै सगरमाथाको चुचुरोलाई तारो बनाउँदै उनको पाइला सगरमाथातर्फलम्के, पुनः २०५७ सालको चैत्र २१ गते । र सबैलाई अचम्म र हषिर्त पार्‍यो २०५८ सालको जेष्ठ १० गते विहान ७ बजे तेम्बाले सगरमाथा चढ्यो भन्ने खबर संसारभर फैलिए पछि । सँधै छोराको जिद्दीदेखि कायल भएकी आमा लाक्पाडिकी शर्पाको त खुशीको सीमा नै रहेन । तेम्बाले सगरमाथा चढ्यो भनने खवर मैले भोलिपल्ट विहान ६ बजे मात्रै पाएँ - आमा लाक्पा खुशी हुँदै बताउँछिन् -चढेको खबर पाउँदा खुशी लाग्यो । छोराको सफलताको कामनाा गर्दै बत्ती बाल्थें, राति राति उठेर उसको फोटो हर्ेर्थें, छोराको सम्झना आइराख्थ्यो नि । छोराले सगरमाथा चढेको खबर सुने पछि को पहिलो न्रि्रामा उनले एउटा अचम्मको सपना देखेछ । सगरमाथाको चुचुरोमा तेम्बा सानो बच्चाकााो रुपमा खेलिराखेको देख्यो, आमाले मन थाम्न सकेन, एक छिन खेलायो र अंगालो मारेर भएभरको स्नेहले ओर्ढाई दियो । त्रिभुवन अन्तर्रर्ााटय विमानस्थलमा जेष्ठ १७ गते छोरालाई लिन आएकी आमा भनिछन् -मैंले अंगालाो मारेको तयो बच्चा विपनामा त छैन , त्यो त सपना पो रहेछ । ....र सम्पूर्ण आनन्दानुभूति अभिव्यक्र हुने गरी हाँसिन् । तेम्बा चुचुरोमा पुगेको कुरा ढिलो मात्र किन पुग्यो त - त्यो पनि आजको जस्तो अत्याधुनिक संचार प्रविधिको जमानामा । तेम्बाको सफलताको खबर त फैलियो तर पुष्टी गर्न त्यत्ति बेला साह्रै नै गाह्रो भएको थियो । यसअघि सगरमाथाको दक्षिणी मोहडाबाट चढेको तेम्बा यसपल्ट उत्तरी मोहडाबाट चढेका हुन् जुन तिव्वतमा पर्दछ । नेपालतिरबाट चटेको भए मात्र पर्यटन मन्त्रालयले आधिकारिक रुपमा घोषणा गर्ने रहेछ । तेम्बाले आफ्नो सफलताको खबर दिन नखोजेको पनि होइन तर सर्म्पर्क नै हुन सकेन, कुनै बेला काठमाडौंको फोन नउठ्ने त कुनै बेला माथि (सगरमाथाको चुचुरो) को मौसमको कारण सर्म्पर्कमा अवरोध आइदिने । फोन सेट आफूसित थिएनन् पनि । अर्काको प्रयोग गर्दा एक कलमा पन्द्रह डलर पर्छ रे । तेम्बा चुचुरोमा पुग्दा त्यस्तै तीस चालीस को संख्यामा विभिन्न दिशाबाट पहिल्यै पुगेका र पुग्दै गरेका आरोहीहरुसंग भेट भयो । सबैभन्दा कम उमेरको आरोही आफूसँग पाउँदा तिनीहरु साह्रै रमाए पनि । सबैले सबैले तेम्बालाई बधाई दिए । तर उनी त्यहाँ धेरै बेर बसेनन् , मात्र दश मिनेट बसेर फर्के । सात हजार सात सय मिटरसम्म पुगेर फर्केका बाबु छौवा शेर्पा उहीं थिए भने आफूले सफल भएको खबर आमा र संसारलाई दिनु पनि थियो । तेम्बा र्फकंदै गर्दा चढ्दै गरेकी एउटी आरोही लाक्पा शर्ेपालाई भेटे । यसअघि दक्षिण मोहडाबाट चढ्न पुगेकी हुन् । दर्ुइ नेपालीको भेट तिव्वततिरको सरगमाथाको उत्तरी मोहडामा भयो आरोही दिदीले स्नेहालु पाराले उत्साही भाइलाई भनिन् - विस्तार विस्तारै हिड् है, लड्लाउ । काठमाडौं र्फकनुअघि मंगलवार मात्र दुई महिना पछि आमा छोराको कुराकानी भयो, तेम्बाले कोदारीबाट गरेको टेलिफोनमा । तेम्बाले आमालाई टेलिफोनमा भनेको रहेछ - ममी, म सफल भएँ । र सोधेका रहेछन् -ममीहरु के गरेर बसिरहेको - कस्तो लाग्यो ममी मेरो समीट् ?तेम्बा सिर्द्धार्थ वनस्थली इन्ष्टिच्यूटमा कक्षा आठको परीक्षा सकाएर सगरमाथातिर लागेका थिए । उनलाई आफ्नो परीक्षाको नतिजाप्रति पनि उत्तिकै चिन्ता रहेछ । स्कूलको परीक्षामा आफू पास भइयो वा फेल् भइयो भन्ने कुरा पनि सोध्न विर्सेनन् उनले । तर नतिजा हेर्ने काम नै भएको रहेनछ । इन्ष्टिच्यूटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशी भन्नु हुन्छ -तेम्बा विश्वको नै गर्व हो र त्यस्तो बच्चा हाम्रो विद्यार्थी पर्नु हाम्रो लागि कम गौरवको कुरा होइन । उनको यो सफलता चीर स्थायित्वको लागि हाम्रो लेटरहेडलगायत सवै डकुमेन्टमा उनको आरोहण अंकित स्केच राख्न लागेका छौं । त्यसरी नै हामीसँग छ सय जना अट्ने ठूलो हल छ , त्यो हलको नाम तेम्वा कै नामबाट नामाकरण गर्ने निर्णय पनि भइ सकेको छ । उनको मेहनत, साहस, लगनशीलता आदि अरु विद्यार्थीका लागि प्रेरणाको श्रोत हुन्छ ।

वडाध्यक्षको भन्दा आमाहरूका कुरा बिक्छन्



बसन्त महर्जन

आमाहरू घरमा मात्र होइनन्, बाहिर समाजमा पनि सक्रिय भई प्रभावकारी भूमिका निभाउन सक्छन् भन्ने कुराको उदाहरण पोखराका आमाहरूले दिएका छन् । समाजमा यहाँका आमाहरूको 'साख' कति छ भन्ने कुरा पोखरा क्षेत्रमा एकप्रकारले कहावतजस्तै बनेको छ, त्यो के हो भने, बरु वडाध्यक्ष वा सदस्यले भनेको कुरा कतिपय अवस्थामा नगरवासीले टेर्दैनन्, तर आमा समूहहरूले भनेको कुरा सरक्कै मान्छन्। झट्ट सुन्दा पत्याउन नसकिने कुराजस्तो लाग्छ यो, तर त्यहाँका जनप्रतिनिधिहरू पनि यो कुरा नकारिहाल्दैनन् । पोखरा उपमहानगरपालिकामा मात्रै पाँच दर्जनभन्दा बढी आमा समूह टोलटोलमा गठन गरिएका छन् । पोखरेली जनजीवनमा आमा समूह संस्कृतिकै एक पाटो बन्न पुगेको छ भन्दा फरक नपर्ने भएको छ । उपमहानगरपालिकाको कुनै भागमा पुगेर त्यहीं बसोबास गर्दै आइरहेका बच्चा, बूढा, युवा, युवती जोसँग पनि सो ठाउँका आमा समूहका सदस्यहरू कहाँ हुनुहुन्छ - भनी प्रश्न गर्दा जवाफमा उत्तरदाताको परिवार नै पर्ने गर्छन् वा उत्तरदाता आफैं पनि हुन सक्छन् । यस्ता समूह टोलैपिच्छे छन् । प्रत्येक समूहमा सरदर साठी सदस्य रहेका छन् । सुरुवातका आमा समूहहरूमध्ये एक भैरव टोल आमा समूहका अध्यक्ष गौरी शाही भन्छिन्, 'नौ वर्षघि हामीले समूह स्थापना गरेका थियौं । त्यतिबेला यस्ता समूह दर्ुइ-तीनवटा मात्रै थिए । हामीले राम्रो काम गरेको देखेर धेरैले टोलटोलमै यस्ता समूह खोल्न सुरू गरे । अन्य टोलका समूहहरूमा नयाँ विषयमा छलफल भयो भने त्यस्तै काम गर्न आमाहरू हौसिहाल्छन् । कहिलेकाहीं संयुक्त रूपमा पनि कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौं ।' गाउँमा धेरै काम आमा समूहमार्फ नै हुने गरेका छन् । सानो काम लिएर प्रहरी प्रशासनलाई गुहार्न गयो भने सो काम हुन महिना दिन लाग्छ । तर, आमा समूहको राय भने धेरैलाई चित्तबुझ्दो लाग्यो भने एकैछिनमा फैसला भइहाल्छ । धेरै खर्च पनि नलाग्ने, समयमै न्याय पनि पाइहाल्ने । धेरै गाउँलेको मन जित्न सफल भएका छन् यस्ता आमा समूह । नेपालमा नागरिकता ऐनअनुसार बाबुको सिफारिसबिना तथा स्वीकृतिबिना छोराछोरीले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्दैनन् । यस्तो अवस्थामा त्यस्ता छोराछोरीले नागरिकता नपाउने र त्यसबाट नागरिक हुँ भनेर शीर ठाडो पार्न मात्र नसक्ने नभई नागरिक भएको नाताले पाउनसक्ने सुविधाहरुबाट समेत बन्चित हुनु पर्दछ । मुलुकमा महिला अधिकारवादीहरु आमाको नामबाट पनि नागरिकता पाउनु पर्ने व्यवस्था हुनुपर्ने आवाज उठाइरहेका छन् । महिला जागृति आमा समूहका अध्यक्ष सुभद्रा कोइराला गर्वका साथ भन्छिन्- 'बाबु पत्तो नभएका छोराछोरीका लागि नागरिकता दिलाइदिने काममा हामी लागेका छौं र केहीलाई दिलाइ दिएका पनि छौं ।' आफ्नै पाराले उनी भन्छिन्, 'हाम्रैअगाडि हुर्के-बढेकी छोरीसित बिहे गरेर गर्भधारण गर्राई लोग्ने भाग्छ । कतिपयले स्वास्नी पनि स्वीकार्न मान्दैनन् । यसमा आमा र सन्तानको के दोष - तर, यसरी जन्मेका बालबालिकाले नागरिकता पाउँदैनन् । यस्ता सन्तान नेपाली नागरिकता पाउनबाट बन्चित नहोऊन् भन्ने हाम्रो भनाइ हो । विदेशीलाई नागरिकता दिलाउन त लागेका होइनौं नि हामी ।' आफूहरूले नागरिकताको प्रमाणपत्र दिलाइदिएकामध्ये स्थानीय बाराही माध्यमिक विद्यालयबाट एसएलसी उत्तर्ीण्ा गरेकी एउटी श्रेष्ठ थरकी युवतीका बारेमा उनी सुनाउँछिन्, 'यहाँ हाम्रै छिमेकी नानीलाई एउटा केटाले मन परायो र गर्भधारण पनि गरायो । तर, पछि घर भित्र्याउन मानेन र भाग्यो । बच्चा जन्माएर आमा पनि अन्तै लागी । सानी बच्चीलाई उनकी हजुरआमा र हामीहरूले हर्ुकायौं । तर, उनलाई नागरिकता दिलाउन निक्कै गाह्रो भयो । तर, लागिपर्‍यो भनेे असम्भव लाग्ने काम पनि सम्भव हुँदोरहेछ ।' उनी अगाडि थप्छिन्, 'महिला जागृति आमा समूहसहित परोपकार आमा समूह र जाल्पादेवी आमा समूह मिलेर केटाको नजिकको एकजना नातेदारलाई मनायौं र दुई वर्षअघि नागरिकता दिलायौं । यसरी नै नागरिकता दिलाउनुपर्ने बच्चाहरू अहिले पनि गाउँमा पाँचजना छन्, वृद्धाहरूले पनि पाइराखेका छैनन्, सबैलाई नागरिकताको प्रमाणपत्र दिलाउने कोसिस गरिरहेका छौं ।' घार्मी (पोखरा) मा एक आचार्यकी छोरीलाई लोग्ने र घरपरिवारले कम दाइजो ल्याएको भनेर हेप्ने, तर्साउने तथा सताउने गरेका थिए । गत मंसिर २४ गते विवाह गरेर ल्याइएकी ती महिलालाई अर्काको गर्भ बोकेकी भनेर घरपरिवारले कुटपिट गरे । राति जंगलमा फाल्न पनि लगे । यो कुरा थाहा पाएर महिला जागृति आमा समूह र मानव अधिकारवादी संस्थाको संयुक्त पहलमा यसविरुद्ध कारबाही चलाउन दबाब दिए । पछि लोग्नेलाई प्रहरी हिरासतमा र पीडित महिलालाई अस्पतालमा आफूहरूकै सक्रियतामा भर्ना गरिएको अध्यक्ष कोइराला बताउँछिन् । यस्ता आमा समूहहरू महिलाका समस्या समाधानमा मात्र सीमित छैनन् । आफ्नो टोलमा मन्दिरको निर्माण वा जीर्णोद्धार मात्र नभई दैनिक पूजापाठका लागि आवश्यक बन्दोबस्त पनि मिलाउँछन् । यसरी नै खानेपानीको ट्यांकी, किरियास्थललगायतका थुप्रै निर्माण कार्यमा आमा समूहको सक्रियता रहन्छ । पुरुषसँगको साझेदारीमा पनि यस्ता निर्माण कार्यहरू भएको पाइन्छ । महिला जागृति आमा समूहकै सक्रियतामा चार र पाँच वडाको बीचमा १७ लाखको पुल पुरुषसँगको साझेदारीमा बनाइएको छ । परोपकार आमा समूहका अध्यक्ष गोमादेवी गोदार आफ्नो समूहले सत्र-अठार लाखको आर्थिक कारोबार गरिरहेको बताउँछिन् । यी आमा समूहहरूको आर्थिक सफलताको एक उदाहरण मैदान आमा समूहले स्थानीय एक माध्यमिक विद्यालयलाई आर्थिक सहयोग दिइराख्नसक्ने हैसियतसमेत राखेकोबाट अनुमान गर्न सकिन्छ । पोखराका आमा समूहहरूको एउटा साझा विशेषता समूहमा आमाहरू मात्रै हुनु हो । यी समूहले बुहारीलाई उत्तराधिकारीको रूपमा लिइआएका छन् । आमा वा सासुभन्दा बुहारीहरू पढेलेखेको हुनेहुँदा तिनीहरुको सहभातिता बढाउँदा अझ राम्रो हुने देखिन्छ । तर आमाहरुको तर्क आफ्नै छ, भन्छिन्- सासु बुहारी दुवै समूहमा लाग्दा घर कसले हेर्छन् त ? आमाहरूले नसक्ने ठाउँमा जान र काम गर्न बुहारीहरूलाई बोलाउने र सहयोग लिने गरेकै छौं ।' यसरी नै बिहे नै नगर्ने गरी माइतमा नै बसिरहेका बाहेक अरु छोरीहरुको भूमिमा काम पर्दा सहयोगीको रुपमा मात्रै हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध मानवशास्त्री सुरेश ढकाल आमा समूहहरूको क्रियाशीलता समाज विकासका लागि उदाहरणीय हुने बताउँछन् । स्थानीय स्रोतसाधनमा आधारित यो क्रियाकलाप दर्ीघकालीन विकासको दरिलो आधार हुने विचार उनको छ । उनी भन्छन्, 'यी आमा समूहले स्थानीय साधनस्रोत जुटाउनु र दश-बाह्र लाखको आर्थिक कारोबार गर्नु आफैंमा ठूलो कुरा हो । यस्ता क्रियाकलापको विस्तार अन्यत्र पनि गरिनु पर्छ ।' समूहहरूको नियमित आर्थिक स्रोत सदस्यहरूबाट महिना-महिनामा उठाइने 'लेबी' रहेको छ भने अन्यमा भैलो, चन्दा, स्थानीय निकायबाट पाइने आर्थिक सहयोग, तालिमबाट उठ्ने पैसा रहेको छ । कुनैकुनै आमा समूहका आफ्नै भवन छन् । उनीहरूले केही कोठा भाडामा पनि दिएका छन् । कसैले त विदेशबाट लाहुरेहरू घर र्फकंदा आफ्नो टोलको आमा समूहलाई चार-पाँच हजार चन्दा दिने गरेको पनि पाइन्छ । मैदान आमा समूहकी अध्यक्ष लक्ष्मी बस्नेत भन्छिन्, 'हामी त गाउँमा कसैको बिहे भयो भने रत्यौली पनि खेल्न जान्छौं र त्यसबापत आएको रुपैयाँ समूहमा राख्छौं ।' समूहमा जम्मा भएको रकम सदस्यहरू आफ्नो कमाइ ठान्छन् । उनीहरूको सक्रियता, लगनशीलता र प्रभावकारिताबाट प्रभावित भएर अन्तर्राष्ट्रीय गैरसरकारी संस्थाहरूको ध्यान जान थालेको छ । दातृ राष्ट्रद्वारा सञ्चालित कामहरू दिगो नहुने यथार्थका कारण उनीहरू आमा समूहरूको कामप्रति आकषिर्त भएको कुरा मैदान आमा समूहकी अध्यक्ष लक्ष्मी बताउँछिन् । (सञ्चारिका लेखमाला/सञ्चारिका समूह)

विवादमा नोबेल पुरस्कार



  • बसन्त महर्जन

विश्वमा सर्वाधिक प्रतिष्ठित मानिएको नोवेल पुरस्कारका बारेमा साहित्यकार ट्रीडवर्ग भन्छन्-नोवेल पुरस्कार विरोधी कुनै पुरस्कार भए म त्यो खुशी साथ लिन्छु ।ु

यही भनाईले गर्दा ट्रीडवर्गले उक्त पुरस्कार कहिल्यै पाएनन् । नोबेल पुरस्कार चयन कमिटीले उनलाई्र पुरस्कृत गर्न खोजेको थियो तर पुरस्कार विरोधी कुरा नगर्ने सर्तमा । साहित्यकार स्ट्रीतवर्गले आफ्ना शब्दहरु कहिल्यै फिर्ता लिएनन् ।
नोबेल पुरस्कारप्रति साहित्यकार ट्रीडवर्गलाई्र यति धेरै वितृष्णा किन भयो त उनले विरोधको नाउमा विरोध मात्रै गरेका होइन रहेछ भन्ने कुरा बुझिन्छ । उनको त्यो अभिव्यक्ति नोबेल पुरस्कारको अपमान वा विरोध नभएर त्यसको चयन प्रकृया प्रति असन्तोष मात्रै हो । उसो भए नोवेल पुरस्काको चयन प्रकृया कस्तो छ त र विवादमा पर्नुको खास कारण के हो त भन्ने प्रश्नमा र साहित्यका विषयमा मात्रै यो लेख सीमित रहने छ ।

प्रत्येक वर्षको अक्टोवर महिनामा विभिन्न ६ विषयमा नोबेल पुरस्कारको घोषणा गरिन्छ । स्टकहोम स्वीडेनबाट गरिने यो घोषणा सबैको चासोको विषय बन्छ । घोषणापश्चात् पुरस्कार विजेताका बारेमा विश्व भरी नै चर्चा हुन थाल्छ ।

नोबेल पुरस्कारका संस्थापक अल्प्रुेड बर्नहार्ड नोबेलले आफ्नो मृत्यु भन्दा पाँच वर्ष अघि आफ्ना अपार सम्पत्ति आफ्नो शेष पछि के गर्ने भन्ने सम्वन्धमा एक बसियत तयार पारेर गएका थिए । उनको उक्त वसियत पत्रमा आफ्नो सम्पत्तिलाई्र ऋण पत्रको रुपमा बैंकमा खाता खोली त्यसबाट आउने व्याजबाट प्रतिवर्ष पाँच विषय भौतिक रसायण चिकित्सा अथवा शरीर कि्रया विज्ञान साहित्य र शान्ति अर्थशास्त्र विषय पछि मात्रै थपिएको मा उत्कृष्ट एवं उल्लेखनीय कामको लागि त्यो पुरस्कार दिइयोस् भन्ने इच्छा व्यक्त गरेका थिए । जसले गएको वर्ष मानव समाजको महानतम हित पुर् याएको हुनु पर्छ भन्ने उनको मान्यता थियो । नोबेलले जुन वसियत पत्र लेखका थिए त्यसमा पुरस्कार विवादमा नपरोस् भन्ने हिसाबले केही शर्तहरु पनि राखेएका थिए । उक्त वसियतमा लेखिएको थियो- ु… महिला वा पुरुषलाई्र दिइने छ जसले गएको वर्ष सबैभन्दा महत्वपूर्ण र आदर्शवादी स्वभावको साहित्य रचना गर्दछ । मेरो इच्छा के हो भने यो पुरस्कार दिइदा उम्मेदवारको राष्ट्रियतामा ध्यान नदिइयोस् पुरस्कार त्यसलाई्र दिइनु पर्दछ जो यस पुरस्कारको सच्चा अधिकारी हो त्यो व्यक्ति स्क्याडिनेविया नोबेलको जन्मथलो निवासी नै हुनु पर्दछ भन्ने छैन ।ु

नोबेलका अनुसार पुरस्कारको चयन गर्दा राष्ट्र राष्ट्रियता भाषा समुदाय वर्ण वैचारिकता आदिमा ध्यान नदिई आदर्श र उच्चतम कृतिलाई्र मात्र दिइनु पर्दछ भन्ने हो । तर यहाँ वसियतमा लेखिएअनुसार पुरस्कार विजेताको चयन भएन भन्ने विवाद छ । साहित्यतर्फ पुरस्कार विजेता चयन गर्ने साहित्य मर्मज्ञ एवं लेखकहरुको संस्था स्वीडिश एकेडमीका सदस्यहरु राजनीतिबट मुक्त नभएको आरोप लगाइन्छ । यी सदस्यहरु निहित व्यक्तिगत स्वार्थका लागि पुरस्कारको पात्रलाई उपेक्षा गरी अपमानको घोषणा गर्दछन् भन्ने आरोप लगाइन्छ ।
सन् १९०१ बाट नोबेल पुरस्कार दिन थालिएको थियो र त्यसै वर्षदेखि नै विवादमा फस्न पुगेको थियो । त्यस वर्ष प्रुान्सका कवि रेने प्रुासुआ अर्माप्रूधोलाई्र दिइएको थियो । र सुरुमै विवादमा पर्नुको कारण महान साहित्यकार लियो टाल्सटायलाई्र दिनु पर्नेमा अर्कैलाई्र पर् यो भनेर हो । यो विवाद वा आरोपको खण्डन गर्दै त्यति बेलाका चयनकर्ताहरुले भनेका थिए- टाल्सटायका रचनाहरुले समाजमा अराजकता ल्याउने भएकाले नदिइएको ।

त्यसको अर्को वर्ष अर्थात् १९०२ को नोबेल पुरस्कार पनि विवादकै घेरामा पर् यो । यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कार त्यस्तो व्यक्तिलाई्र दिन पुगेको थियो जो साहित्यकार नै थिएनन् । जर्मनको इतिहासकार थियो । डोर मोमसनलाई्र साहित्य तर्फको नोबेल पुरस्कार दिइएपछि निकै विवाद भएको थियो । नोबेल पुरस्कारको इतिहासमा यस प्रकारको घटना पछि पछि पनि भएको पाइन्छ । १९०८ मा कि्रष्टोफर यूकेनलाईृ सन् १९२७ मा हेनरी वर्गसनलाई्र सन् १९५० मा बटे्रण्ड रसेललाई्र र सन् १९५३ मा बेलायतका प्रधानमन्त्री बिन्स्टन चर्चिललाई्र साहित्यतर्फको नोबेल पुरस्कार दिएको थियो जो गैर साहित्यकार थिए जो अर्कै क्षेत्रका व्यक्तिहरु थिए ।
नोबेल पुरस्कारलाई्र कम्युनिज्म विरोधी पुरस्कार भन्ने आरोप पनि लगाइन्छ । त्यसो भए यो कम्युनिज्म विरोधी पुरस्कार नै हो त वसियतनामामा लेखिएको स्पष्ट कुराहरुका कारण यसका चयनकर्ताहरुले हो नै भन्न सकेका त छैनन् तथापि उनीहरुको व्यवहारले त्यस्तै कुराको झलक दिन्छ । तर यस कुराको प्रतिवाद गर्दा सोभियत रुसका ती लेखकहरुको नाम अघि सार्ने गरिन्छ जसलाई्र नोबेल पुरसकारबाट सम्मानित गरिसकेका छन् । सोभियत रुसको राजनीतिक विखण्डनअघि ५ जना रुसी साहित्यकारले उक्त पुरस्कार पाएका थिए । लियो टाल्सटाय म्या_िक्सम गोर्की दोस्तोभस्की इभान तुर्गनेभस जस्ता महान हस्तीहरुले नपाएको उक्त पुरुकार पाउने पाँचजना साहित्यकारहरु त्यस वर्गबाट थिए जो कम्युनिज्म विरोधी थिए । कम्युनिज्मभित्र पनि पूँजीवादी विचार राख्ने ५ जना लेखकहरुलाई्र यो पुरस्कार दिइएकै कारणले होला अर्का महान साहित्यकार ज्याँ पाल सार्त्रले सो पुरस्कारको तीखो आलोचना गर्दै टिप्पणी गरेका थिए – नोबेल पुरस्कार भनेको दक्षिणपन्थीहरुको प्रचार संगठन हो । सार्त्रको भनाइअनुसार यो पुरस्कार ती रुसी लेखकहरुलाई्र दिइयो जसको रचना रुसमा नभएर विदेशमा निस्क्यो र स्वदेशमा प्रतिवन्ध लगाइयो ।

हुन पनि साहित्यकार वोरिस पास्तरनाकले जुन पुस्तकबाट नोबेल पुरस्कार पाएका थिए त्यो रुसबाट नभएर इटालीबाट निस्केको थियो । पुरस्कृत पुस्तक ुडा। जिभागोु मा महान रुसी क्रान्ति भनिने रुसी क्रान्तिप्रति निराशा व्यक्त गरिएको थियो । त्यस्तै १९१९ मा नै प्रुान्समा निर्वासित भइसक्ने अर्का लेखक इभान बुनीनलाई्र दिइयो । नोबेल पुरस्कार चयन कमिटीका सदस्य डा। ओस्तर िलंकको धारणा अनुसार लेखक इभानको साहित्यिक स्तरीयतालाई्र हेर्दै नहेरी टाल्सटाय गोर्की चेखवजस्ता साहित्यकारहरुलाई्र नदिएको तर रसियनहरुलाई्र पनि दिने गरको भनेर देखाउन मात्रै उनलाई्र सो पुरस्कार दिइएको थियो ।

सोभियत रुसको कम्युनिष्ट सरकारद्वारा सन् १९२० मा प्रतिक्रान्तिकारी १९३० मा जनताका शत्रू र १९४० मा विश्वासघाती आरोप लगाइएका लेखक अलेक्जेण्डर सोल्जेनि_ित्सनलाई्र दिइएको पुरस्कार पनि यसै अन्तर्गत राख्न सकिन्छ । यस्ता विवादहरुबाट मुक्त हुन भनेर नै होला पछि व्राडस्कीलाई्र पुरस्कारको घोषणा गरिएको तर यो पनि आरोपबाट मुक्त रहन सकेन । अन्तमा आएर सोभियत रुसकै राष्ट्रपतिलाई्र शान्तिको लागि नोबेल पुरस्कार भनेर दिइयो तर राष्ट्रपति मिखायल गोर्भाचोव पनि कम्युनिष्ट विरोधी को रुपमा देखापर् यो ।
त्यसो भए के त सोभियत रुसमा ती पाँच जना पुरस्कृत विजेताहरु योग्य थिएनन् त योग्य त थिए होला तर चयनकर्ताहरुले चयनको मापदण्ड अर्के अपनाएपछि कसको के लाग्छ र सन् १९३० तिर नोबेल पुरस्कार पाउने बि्रटिस भारतका साहित्यकार रवीन्द्रनाथ टैगोरको पुरस्कार चयनलाई्र लिएर पनि विवाद सिर्जना भएको थियो । यूरोपको महान साहित्यकारहरु यीट्स एज्रा पाउण्ड जस्ता मूर्धन्य साहित्यकारहरुको विशेष प्रयासले मात्र यो पुरस्कार पाउन टैगोर सफल भएको भन्ने आरोप भारतका साहित्यकारहरु लगाउँछन् । पुरस्कारको यस चयनमा बेलायती सरकारको पनि हात रहेको कुरा विवादको क्रममा उठेको थियो । भारतमा आफ्नो प्रभाव जमाइ राख्न र जनतालाई्र आफ्नो पक्षमा ल्याउन रव्ििन्द्रनाथलाई्र यो पुरकार दिन बेलायत सरकार आफै लागिपरेको आरोप लगाइन्छ ।
नोबेल पुरस्कार सम्वन्धी यस्तै विवादहरुलाई्र उल्लेख गरी उपन्यासकार इरिवंग वैलेस एक पुस्तक नै तयार पार्छन्- त्जभ एचष्शभ । पुस्तकमा उनले यसरी भण्डाफोर गरे कि स्वीडेनमा त्यो पुस्तक प्रतिवन्धित नै भयो । सन् १९३८ मा पुरस्कार प्राप्त गरेका अमेरिकी उपन्यासकार पर्ल एस वकको बारेमा उक्त पुस्तकमा उल्लेख भएको छ । उक्त पुस्तकका अनुसार पुरस्कार चयन कमिटीका एक सदस्य डा। हेदिन गैर साहित्यकार ४ मध्ये ३ वटा कमिटीका सदस्य कै प्रयासमा लेखकलाई्र पुरस्कार दिइएको हो । पर्ल एस वकलाई्र पुरस्कार दिने निर्णय गिरंदा २८ मध्ये १९ सदस्यले विरोध गरेका पनि थिए । तर डा। हेदिनले निकै ठूलो प्रयास गरेर बकलाई नै पुरस्कार दिने निर्णय गराएका थिए । डा। हेदिनको यो विशेष प्रयास कुन कारणले गरिएको भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । पर्ल एस बकलाई्र पुरकार दिलाएवापत डा। हेदिनले लिएको फाइदा भनेको त्यस बापत आफूले लेखिराखेको चीनकाई सेकको जीवनी पुस्तकप्रकाशित गराएका थिए । यसै गरी सन् १९४५ मा पुरस्कार प्राप्त गरेका साहित्यकार ग्रेविलाको सम्वन्धमा पनि कमिटीका एक सदस्यमात्रै ग्रेविलबाट प्रभावित थिए ।
साभारः हसना म्यागेजिन

जहाँ नियम पुर्यानउन भ्रष्टाचार हुन्छ



–बसन्त महर्जन

राज्य संयन्त्रले आर्थिक भ्रष्टाचारका घटनाहरू निर्मूल गर्न भनेर जतिसुकै आदर्शका कुराहरू गरे पनि र कारवाहीको तत्परता देखाए पनि उनैले बनाएका नीति निर्देशनहरू भ्रष्टाचारका लागि मलिलो ठाउँ बनेका छन्। ऐन तथा आर्थिक नीतिहरू नै भ्रष्टाचार गर्न सिकाउने र त्यसप्रति प्रेरित गर्ने माध्यम बनेका छन्। नियमले नदिंदा नदिंदै पनि भ्रष्टाचार गर्न पल्केकाहरू नियमसंगत नै भ्रष्टाचार गर्न पाए पछि कसरी छालान्? प्रश्न स्वाभाविक छ।

सामान्यतः नीति नियम भ्रष्टाचार रोक्न र सरकारी कामलाई व्यवस्थित गर्न बनेका हुन्छन्। तर नेपाल त्यस्तो मुलुक हो, जहाँ लेखा अधिकृतहरूले नीतिनिमय पालना गर्नकै लागि पनि भ्रष्टाचार गर्नुपर्छ। कागजमा हिसाब मिल्यो कि समस्या समाधान भएको ठान्ने प्रवृत्ति व्यापक बन्दै गएको छ। आवश्यक सामानको खरीद गरेवापत भुक्तानीका लागि बिल अनिवार्य पेश गर्नुपर्ने नियम छ। तर नेपालमा सबै ठाउँमा सामान खरिदपछि बिल दिने चलन छैन। यो कुरा लेखापाल तथा लेखा अधिकृतहरू सबैलाई थाहा भएकै कुरा हो। हिसाब मिलानका लागि त्यस्तो अवस्थामा लेखापाल वा लेखा अधिकृतहरू सम्बन्धित कर्मचारी वा कामदारलाई झन्झटमा फसाइदिने, दुःख दिने वा काममा ढिलाई गरिदिने गर्दछन्। यदि हेप्न नसक्ने वा आफ्नो मान्छे पर्योन भने कुने एउटा नक्कली बील बनाएर पेश गर्न उनीहरू आफै सल्लाह दिन्छन् र हिसाव मिलान भइहाल्छन्। काममा घटीबढीको हिसाव मिलाउने काइदा भनेकै नक्कली बील हुने गर्दछ। नक्कली बिल बनाउन सिकाउने नै भ्रष्टाचारको शिक्षा हो।

अध्ययन अनुसन्धान कार्य नीति निर्माणमा सहयोग पुर्यालउने उद्देश्य नभई अर्के कुराले प्रेरित भएर यस शिर्षकमा खर्च गर्ने प्रवृत्ति छ। अध्ययन अनुसन्धानमा आफ्नो संस्थाले यतिउति खर्च गरेको छ भनेर देखाउन पाउँदा सम्बन्धित अधिकारी आफू पनि अध्ययन अनुसन्धानको महत्व बुझ्ने र यस क्षेत्रमा 'योगदान' गरेका भन्ठान्छन्। काठमाडौं महानगरलगायत दुई उपमहानगर र देशभरका अरू नगरपालिका तथा गाविसहरू आफ्नो क्षेत्रभित्रको अध्ययन अनुसन्धान गराउने भनेर बजेट बनाउँछन्। अध्ययन अनुसन्धान गराउने नाममा बजेट खर्च गर्नेहरूमा संभवतः यी नगरपालिकाहरू अग्रपङ्तिमा पर्दछन्। यस्ता अनुसन्धान कार्यहरू अनुसन्धातालाई नभई राजनैतिक पार्टीका कार्यकर्ता र सोही निकायका कर्मचारी र उनका आफन्तकहाँ पुग्छ। अचम्म त के भने उनीहरू जुन विषयमा अनुसन्धान गर्ने भनेर पैसा लिन्छन्, त्यस पैसाले सम्बन्धित विषयका पुस्तकसम्म किन्दैनन्। किनीहाले पनि सही ढङ्गले प्रयोग हुँदैन।

अध्ययन अनुसन्धान पूर्व कार्यमा थप कार्य हो तर अचेल 'फेशन' जस्तै भएको छ। अनुसन्धानका नाममा हुने खर्च धेरै जसो 'पुनरावृत्ति', 'नक्कली' र 'चोरी' हुने गरेको छ। अध्ययन अनुसन्धानमा पुनरावृत्ति नहोस् भन्ने हेतुले प्रस्तावना लेखनमा नै पूर्वप्रयासको समीक्षा हुनुपर्छ, जुन ठ्याम्मै हुँदैन। यस अर्थमा ती अनुसन्धानका काम सुरुमै चिप्लिसकेका हुन्छन्। नगरपालिकाहरूले गरेका अध्ययन अनुसन्धानको नै 'अनुसन्धान' गर्ने हो भने निकै रमाइला घटना निस्कछन्। एउटै मन्दिर वा अन्य सम्पदाहरूको पटकपटक अनुसन्धान भइरहेको छ तर ती अघिल्लो अनुसन्धानको प्रतिलिपिभन्दा फरक हुँदैनन्। तर अघिल्ला अनुसन्धान रिपोर्ट पछिल्लो अनुसन्धानअघि नै त्यहाँबाट हराइसक्छ। यो पनि भ्रष्टाचार नै हो। यसअघिको भ्रष्टाचार अझ रोचक हुन्छन्। अनुसन्धान गर्नेले जसको नक्कल गरेका हुन्, उसलाई थाहू हुँदैन, जसले नक्कल गरेको हो उसले कसको नक्कल गर्दै छु भनेर। काठमाडौं महानगरले हनुमानढोका दरबार क्षेत्रका सम्पदाहरूको लगत तयार पार्न विभिन्न समयमा विभिन्न व्यक्तिलाई 'अवसर' दिएको छ। साधारणतः हनुसन्धान भनेका पुस्तकका रुपमा प्रकाशित गर्न र त्यसलाई सम्वन्धित विज्ञ वा साधारण पाठकलाई पढाउन हो। तर आफ्ना रिपोर्ट महानगरलगायत कसैले पनि गरेको पाइँदैन। प्रकाशनतिर ध्यान नदिएकै कारणले पनि एउटै अनुसन्धान पटकपटक हुने गरेका छन्। हनुमानढोका दरवार क्षेत्रको सम्पदाको लगत विवरणहरू प्रायसः मनबज्र बज्राचार्यद्वारा लिखित पुस्तक 'हनुमानढोका दरवार'बाट हुबहु सारिएका हुन्छन्। केही समयअघि यस लेखक समक्ष पनि हनुमानढोका दरवार क्षेत्रका सम्पदाहरूको लगत तयार पार्न भनेर एउटा प्रस्ताव आएको थियो। प्रस्ताव लिएर आउने व्यक्ति महानगर पालिकासम्वद्ध व्यक्ति त थिएनन् तर कर्मचारीसँग उसको घनिष्ट सम्वन्ध भने थियो। संयोजक, सल्लाहकार वा यस्तै कुनै पद सिर्जना गरेर त्यस अनुसन्धान कार्यमा प्रस्तावक व्यक्ति पनि संलग्न हुने रहेछन्। इतिहास, संस्कृति तथा पुरातत्व कुनै पनि विषयसँग सम्वद्ध नै भएका तर व्यक्तिगत चिनाजान र 'लटरपटर' जान्ने भएकै कारणले पनि त्यस्ता व्यक्तिहरू यस क्षेत्रमा संलग्न हुने गर्दछन्। तर त्यसका लागि बजेट सीमित मात्र रहेछ। हनुमानढोका दरवार क्षेत्रको अध्ययन अनुसन्धान त आवश्यक कुरा हो नै। यसका सम्वन्धमा जति पनि काम भएका छन् त्यो निकै थोरै मात्र हो। मनबज्र बज्राचार्यको अनुसन्धानमा नै पनि केही गल्ती रहेको पाइन्छ र थप अनुसन्धान गर्नु पर्दछ। तर विगतका अनुसन्धानहरू मनबज्रबाट अगाडि बढ्न नसकेको मात्र होइन कि एक पछि अर्को पुनरावृत्ति मात्र भइराखेको थियो। थप अनुसन्धान गर्न उक्त बजेट अपुग भएकोले स्वीकार्न सकिएन, संभवतः अरु नै कसैले सो काम पाएको छ।

अनुसन्धानका नाममा हुने गरेको भ्रष्टाचारको एउटा अर्को नमूना नेपाल पर्यटन बोर्डबाट लिन सकिन्छ। बोर्डले कीर्तिपुरको कला तथा सम्पदाहरूको विषयमा त्रिभुवन विश्वविद्यालयका एक आंशिक प्राध्यापकलाई अनुसन्धान गर्न लगाएको थियो। सो अनुसन्धान प्रतिवेदनमाथि नै अनुसन्धान गर्ने हो भने पनि भ्रष्टाचार ठम्याउन सकिन्छ। कीर्तिपुरका सम्वन्धमा विभिन्न पक्षमा अध्ययन अनुसन्धान भई दर्जनौ पुस्तकहरू र सयौं उत्कृष्ट अनुसन्धानात्मक लेखहरू प्रकाशित भइसकेको अवस्थामा नेपाल पर्यटन बोर्डले त्यस्तो निम्न स्तरको अनुसन्धान किन गर्न लगायो भन्ने प्रश्न उठ्छ। अरु त अरु त्यस अनुसन्धान रिपोर्टमा सन्दर्भ सामग्रीसम्म पनि सही ढङ्गले दिन सकेको छैन। सन्दर्भ सामग्रीमा उल्लेख भएको शुक्रसागर श्रेष्ठद्वारा लिखित पुस्तक ''कीर्तिपुरको साँस्कृतिक तथा पुरातात्विक अध्ययन'' को नकल मात्रै गरेर प्रतिवेदन तयार पारेको भएपनि केही काम देखिने थियो। रोचक कुरा त श्रेष्ठले सो पुस्तक जम्मा तीस हजारको धनबज्र विद्वत्वृत्तिमा तयार पारेका थिए भने उल्लेखित अनुसन्धान रिपोर्टका लागि नेपाल पर्यटन बोर्डले दुई लाख रुपैया खर्चेको थियो। कीर्तिपुरकै अनुसन्धानका सम्वन्धमा अर्को रोचक कुरा के रहेको छ भने, यही विषयवस्तुमा कीर्तिपुर नगरपालिकाले स्थानिय राजनीतिक कार्यकर्ताहरूलाई आजभोलि लगाइराखेका छन्।
सम्वन्धित ज्ञानको अभावमा पनि थुप्रै मात्रामा भ्रष्टाचार हुने गर्दछ। यस लेखको थालनीमा चर्चा गरिएका दुई घटनाबाट पनि यस कुराको पुष्टि हुन्छ। थालनीमा उल्लेख गरिएका दुई घटनामा दोषी वा कमजोरी लेखासम्वद्ध व्यक्तिमा देखियो तर अनुसन्धानकर्ताहरू मात्रै चोखा भन्ने होइन। अनुसन्धानकर्ताहरू मात्रै पनि कम भ्रष्टाचारी हुँदैनन्। नेपालमा इतिहास, संस्कृति जस्ता कुरामा लाग्नेहरू सच्चा, इमानदार र विद्वान हुन्छन् भन्ने छवी विद्यालयबाटै दिने गरिन्छ र यो छवी बनेको छ पनि। इतिहासकार बाबुराम आचार्यलगायत केही सच्चा व्यक्तित्वहरूको आदर्श देखाउन विद्यालयको पाठ्यक्रममा राखिएका जीवनीहरूकै प्रभावमा त्यो छवी बनेको हो। तर त्यही छवी ओढेर आर्थिक तथा नैतिक भ्रष्टाचार गर्नेहरू मौलाइरहेका छन्। ती भ्रष्टाचारीहरूको सूचीमा कोही विश्वविद्यालयका प्राध्यापक छन् त कोही राष्ट्रिय व्यक्तित्वका रुपमा चिनिएका छन्। कोही यस्तै निकायका ठूल्ठूला पदमा पुगी हाल अवकास पाइसकेका छन् त कोही बहालवाला नै पनि छन्। यी व्यक्तित्वहरूमाथि कमै मात्र शंका गरिन्छ। केही समयअघि यो पंक्तिकारले नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास), त्रिभुवन विश्वविद्यालयबाट यस क्षेत्रमा नाम कहलिएका विभिन्न विद्वानहरूद्वारा सम्पन्न गराइएका अनुसन्धान कार्यहरूको रिपोर्ट हेर्ने अवसर पाएको थियो। सिनास कै पैसा खर्चेर गरिएका ती अनुसन्धानकार्यहरू सिनासकै स्वामित्वमा हुनु पर्ने हो तर ती अनुसन्धान रिपोर्ट अन्यत्र पनि बुझाएर ती संस्थाको लागि पनि अनुसन्धान गरेको भनेर दोहोरो पारिश्रमिक हात पारेको देखियो। सिनासको खर्चमा भएको अनुसन्धान अन्य अनुसन्धानकेन्द्रहरूको दराजमा पनि देखिनु र पुस्तककै रुपमा पनि प्रकाशित हुनुबाट यो कुरा खुल्दछ। सिनासमै पनि रिकर्डहरू चुस्तदुरुस्त नहुनाले ती अनुसन्धानहरू कुन सालमा गरिएको भन्ने खुल्दैन र विद्वानहरूले कताको रिपोर्ट कता बुझायो भन्न गार्हो। छ। कतिपय अनुसन्धानका रिपोर्टहरू हराएको पनि पाइन्छ। अनुसन्धान कार्यका रिपोर्टहरू हराउने घटनाहरू त्यहाँ कम रोचक पनि छैनन्। सिनासबाट अनुसन्धान कार्य सकाएर सोको रिपोर्ट बुझाइवरी पारिश्रमिक पनि लिएर पछि सो संस्थाको कर्मचारीको सहयोगमा सो रिपोर्ट गायव पारी उल्टो सिनासले रिपोर्ट नै हराइदियो भन्ने हल्ला फिजाउँदै हिड्ने इतिहासकार पनि छन्। तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको अनुसन्धान परियोजनाबाट निस्केका भनिएका पुस्तकहरूमध्ये कतिपय पुस्तकका केही भाग वा पूरै सिनासको आफ्नै अनुसन्धान कार्यका रुपमा दराजमा थन्किएर रहेका छन् भने कतिपय रिपोर्ट अन्यत्र होलान्।

इतिहास, संस्कृति तथा पुरातत्वसम्वन्धी अनुसन्धान गर्ने संस्थाहरूमा तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, पुरातत्व विभाग, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास, त्रिवि), विश्वविद्यालय अनुसन्धान आयोग, राष्ट्रिय जनजाति प्रतिष्ठान, नगरपालिकाहरू, तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू छन्। यी अनुसन्धान केन्द्रहरूले गरेका कामहरूको मात्रै एक मुष्ट अनुसन्धान गर्ने हो भने पनि डुप्लिकेशन, ओभरल्यापिङ तथा फट्याईहरू प्रसस्त मात्रामा भेटाउन सकिन्छ। एक ठाउँबाट अनुसन्धान कार्य गरी पारिश्रमिक लिई अन्यत्र पनि बुझाएर दोहोरो पारिश्रमिक लिनेहरूको भएको ठाउँमा बौद्धिक इमानदारिताको कुरा गर्नुको अर्थ नै देखिन्न। एउटै अनुसन्धान कार्य एउटै संस्था अनेकौ पल्ट बुझाएको घटनामाथि काठमाडौं महानगर पालिकाको प्रसंगमा उल्लेख भएजस्तै त्रिभुवन विश्वविद्यालयमा एउटै व्यक्तिले एउटै अनुसन्धानकार्य दुई पल्ट बुझाएको घटना यस लेखकले फेला पारेको छ। विश्वविद्यालय अनुसन्धान आयोगको खर्चमा नेपालको एउटा ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको अनुसन्धान गरी नेपाली भाषामा तयार पारेको सो रिपोर्टलाई पछि विद्यावारिधीका लागि अंग्रेजी भाषामा तयार पारेर शोधग्रन्थका रुपमा एउटा भारतीय विश्वविद्यालयमा प्रस्तुत गरेका थिए। विद्यावारिधीको शोधग्रन्थलाई परिमार्जन गरी पुस्तकको रुपमा प्रकाशित भइसकेको त्यो रिपोर्ट वा ग्रन्थ मौलिक रुपमा तयार पार्न (अर्थात् नेपाली भाषामा तयार पारी विश्वविद्यालय अनुसन्धान आयोगमा बुझाएको) पहिलो पल्ट विश्वविद्यालय अनुसन्धान आयोगबाट पारिश्रमिक पाएको थियो भने भारतको विश्वविद्यालयबाट विद्यावारिधी गराउन पनि स्थायी शिक्षक भएका कारण विश्वविद्यालयले नै खर्च गर्नु परेको थियो।

इतिहास तथा संस्कृतिको अनुसन्धान गराउनेहरूमा सम्वन्धित विषयको ज्ञानको कमीले गर्दा विद्वान भनाउँदाहरूबाटै कतिसम्मको भ्रष्टाचार हुने गरेको छ भन्ने चर्चापछि सोही ज्ञानले भ्रष्टाचार कसरी रोक्न सकिन्छ भन्ने कुराको एउटा दृष्टान्त पनि नभएको होइन। केही समयअघि मात्रै एउटा अनुसन्धान केन्द्रमा अनुसन्धानका लागि प्रस्तावहरू सार्वजनिक आव्हान गरिएको थियो। एउटा प्रस्ताव पत्र त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत् महिला शिक्षकको नाममा प्रस्तुत भएको थियो। रमाइलो कुरा त के हो भने उक्त प्रस्ताव पत्रमा गर्ने भनिएको अनुसन्धानको काम उनी आफैले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधीको शोधग्रन्थ तयार पार्ने क्रममा सम्पन्न गरिसकेको थियो। अप्रकाशित रुपमा रहेको शोधग्रन्थलाई फेरि अनुसन्धान कार्यको रुपमा प्रस्तुत गर्न लागिएको थियो। अनुसन्धान केन्द्रमा प्राप्त एउटा अर्को प्रस्ताव पत्र सोही व्यक्तिको छोराको नाममा थियो। रमाइलो कुरा त के रहेछ भने, छोराको नाममा आएको प्रस्तावपत्र उनी आफैले लेखेको त थिएनन् तर लोग्नेले लेखेको भन्ने कुरा प्रस्ताव पत्रमा प्रयुक्त भाषा शैलीबाट बुझियो। लोग्ने पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गत कार्यरत् शिक्षक नै हुन्। यी जम्मै कुरा मूल्याङ्कन समितिका एक सदस्यले पत्ता लगाएको थियो। ती दुवै प्रस्ताव पत्र सुरुमै अस्वीकृत भएको थियो।

अनुसन्धानको प्रस्ताव पत्र अनुसार सम्वन्धित व्यक्तिले सो अनुसन्धान कार्य गर्न सक्छ कि सक्दैन भन्ने निर्क्यौल मूल्याङ्कन समितिले गर्ने हो। तर मूल्याङ्कन समितिमा सम्वन्धित ज्ञानको अभावमा पनि अनुसन्धान कार्य असम्बन्धित व्यक्तिको हातमा पर्न जाने गरेको घटना थुप्रै मात्रामा पाइन्छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा संलग्न केही परामर्शदाताहरू पनि एक प्रकारले भ्रष्टाचार नै गर्दछन्। नेपालको इतिहास, संस्कृति तथा सम्पदाहरूका सम्वन्धमा परामर्श दिनु पर्योस भने तिनीहरू आफैले वा आफ्नो अनुसन्धान केन्द्रबाट तयार पारेको भनी जुन रिपोर्ट पेश गर्दछन् त्यो स्थानिय वा नेपाली भाषामा प्रकाशित लेखरचना वा पुस्तकका केही अंश हुने गर्दछन्। यो फट्याई गर्नेहरू ज्यादाजसो अवकाश प्राप्त प्राध्यापक, उच्च पदका पदाधिकारीहरू तथा अनुसन्धानकर्ताका रुपमा ख्याती कमाइसकेकाहरू हुने गर्दछन्। यो समस्यालाई नयाँ बन्ने संविधान र राज्यको संरचनाले कसरी सम्बोधन गर्छ, चुनौती र जिज्ञासाको विषय बनेको छ।

नयाँ नेपालको नयाँ राजधानी



वसन्त महर्जन


नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणासँगै 'नयाँ नेपाल' निर्माणको प्रसंग उठेको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि वषौर्ंैअघिदेखि संघर्ष गरिरहेका जनताको चाहना स्वयंमा नयाँ नेपालको स्थापना हो । सैद्धान्तिक रूपमा नयाँ नेपालको स्थापना भए पनि व्यावहारिक रूपमा यसले मूर्तरूप लिन सकिरहेको छैन । अतः त्यस्ता थुप्रै मुद्दामाथि छलफल गर्नुपर्छ, जसले नयाँ नेपाललाई मूर्तरूप दिनेछन् । संविधान निर्माणको अभ्यास एउटा त्यही प्रयास हो भने अरू पनि थुप्रै मुद्दा छन् जसमाथि छलफल गर्नुपर्छ । त्यस्ता मुद्दामध्ये एक हो, राजधानीको स्थानान्तरण । अब राजधानीलाई नै अन्त सार्ने अर्थात् नयाँ राजधानीको स्थापना किन नगर्ने त ?

राजधानी अन्यत्रै सार्ने विषयमा बेलाबखत चर्चा हुने गर्छ, जुन गम्भीरतापूर्वक अगाडि बढेको छैन । काठमाडौं उपत्यकासँग मायामोह भएकाहरू राजधानी सारियो भने काठमाडौं उपत्यकालाई क्षति पुग्छ भन्ने धारणा राख्छन् । यसको विपरीत काठमाडौं उपत्यका वा उपत्यकावासीप्रति रोष प्रकट गर्नुपर्‍यो भने पनि राजधानीलाई अन्यत्रै सार्नुपर्ने घुर्की देखाउने पनि छन् । यी दुवै अतिवादी दृष्टिकोण काठमाडौं उपत्यकाको इतिहास, संस्कृति र सभ्यतासम्वन्धी ज्ञानको कमीको नतिजा हो । तर पनि राजधानी अन्यत्र सार्नु त पर्छ नै ।

अन्य भूभागभन्दा काठमाडौं उपत्यका हजारौँ वर्षदेखि अनेकौँ दृष्टिले विकसित, सम्पन्न र बेग्लै पहिचानयुक्त सभ्यताको केन्द्र रहँदै आएको छ । सैन्यदृष्टिले कमजोर भएको वेला वरिपरिका राज्यले यहाँ पटक-पटक आक्रमण र लुटपाट गरेका विवरण शिलालेख र गोपालराजवंशावलीमा उल्लेख छ । तिनै लुटपाटमा संलग्न राज्य पनि आफूलाई संकट पर्दा आश्रय खोज्दै यहीँ आउँथे । पटक-पटक आक्रमण गर्ने र लुटपाट मच्चाउने तिरहुत राज्यले गयासुद्दीन तुगलकको आक्रमणलाई थेग्न नसकेपछि राजा, राजपरिवार तथा अन्यले यहाँ शरण लिएका थिए । मध्यकालमा मात्रै होइन, प्राचीनकालदेखि नै यो उपत्यका शरणार्थीका लागि उपयुक्त स्थल थियो । व्यापार-व्यवसायलगायत विभिन्न उद्देश्यले यहाँ पस्नेहरू पस्यापस्यै हुने गर्छन्, जुन प्रक्रिया आज पनि चालू छ । जो जति बाहिरबाट पसे सबैले आ-आपना ज्ञान र सीप पनि सँगै लिएर आए, जसबाट यहाँको विकासमा पर्याप्त योगदान पुग्यो । र, तिनीहरू स्थानीयकरण हुँदै गए, 'एसिमिलेसन'को प्रक्रियाबाट । यसैले काठमाडौं उपत्यकालाई 'मेल्टिङ पट' पनि भन्ने गरिन्छ ।

समय सधँै उस्तै रहँदैन । बाहिरबाट मान्छे काठमाडौं पस्ने मात्रै गर्ने, तर अन्यत्र नलाग्ने गर्नाले स्थिति फेरिएको छ । यहाँ जनसंख्याको चाप बढ्दो छ र आधारभूत आवश्यकता अपर्याप्त भएको छ । खाद्य सामग्रीको आयात, मेलम्चीको कुराइ र फोहोर फाल्ने समस्या त्यसकै संकेत हुन् । । यी यावत् तथ्यले अब काठमाडौं उपत्यका थप बोझ बोक्न असमर्थ भएको देखाएका छन् । यस्ता समस्या हल गर्न पहिल्यै कार्ययोजना लागू गर्नुपथ्र्याे, जसको अभावमा उपत्यकाले आपनो पहिचानै गुमाउनुपर्ने भय छाएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा कोलकाताबाट सारिएको थियो भने पाकिस्तानको राजधानी पनि पहिलेदेखि इस्लामावाद थिएन । राजधानी सार्दा विकासमा क्षति हुन्छ भन्नु गलत रहेछ भन्ने कुराका दृष्टान्त यी राजधानी हुन् । संसारभरका सहर राजधानीको कृपाविना नै विकसित भएका हुन् । काठमाडौं पनि आफैँमा विकसित बस्ती हो, यसको विकासका लागि राजधानी भइराख्नुपर्दैन । कला-संस्कृतिले सम्पन्न कतिपय मन्दिर र भवन राजधानी भएकै कारण यसले गुमाउनुपरेको छ । ती गुमाइएका र बाँकी रहेका सम्पदा सिंगो मानवजातिकै गौरव हो, जसलाई जोगाउनु आवश्यक छ । यही गौरवले थेग्न सक्छ काठमाडौंलाई । संयुक्त राष्ट्रसंघको युनेस्कोले काठमाडौं उपत्यकालाई राजधानी भएर विश्वसम्पदा सूचीमा हालेको होइन, यहाँका इतिहास, कला, संस्कृति हेरेर सूचीकृत गरेको हो । अहिले ती सम्पदा युनेस्कोको मापदण्डअनुरूप संरक्षण नभएकोमा चित्त दुखाउनुपरेको छ । त्यसको एउटै कारण हो, राजधानी भएकै कारण काठमाडौं ती बेफाइदा भोगिरहन विवश हुनु । तसर्थ पनि राजधानी अन्यत्र सारी काठमाडौं उपत्यकालाई नेपालकै संरक्षित क्षेत्रका रूप दिइनुपर्छ । नयाँ नेपालमा पुरानो इतिहास पनि जोगिने र नयाँ राजधानीसँगै नयाँ इतिहास पनि निर्माण हुने वातावरण बनाउनुपर्छ ।

सिंहदरबार र झिल्के सालिक



वसन्त महर्जन

प्रमुख प्रशासनिक केन्द्रसिंहदरबारअगाडि पृथ्वीनारायणशाहको सालिक अझै पनि ठडिएको छ ।पहिले खाकी रंगमा रहेको सोसालिकलाई हालै रंगाएर झिल्केबनाइएको छ । सो सालिकलाई केगर्ने भन्ने विषयमा विवाद नैरहेको छ । यस्ता विवादकै बीचसम्बन्धित निकायले मध्यमार्गअपनाउन खोजेको देखिन्छइनामेलबाट झिल्के बनाएर, ताकिसालिक आक्रमणको तारो नबनोस् ।सालिकहरूले इतिहास बोल्छन् ।मल्ल राजाहरूका सालिकसुरक्षित छन् । राणाशासककासालिक पनि सुरक्षित नै छन् ।शाहवंशीय राजाहरूको सालिकआक्रमणको तारो बनिराख्दा पनिराणाहरूका सालिक सुरक्षित नैरहे । यसको अर्थ हो, जनतालेराणाहरूका सालिकलाई इतिहासकोवस्तु ठानिसकेका थिए ।
जतिवेलाकालीमाटीस्थित महेन्द्रकोसालिक आक्रमणको तारो बनिरहेकोथियो, त्यतिवेला गद्दीमा उनकामाइला छोरा ज्ञानेन्द्रलेतानाशाही लाद्न खोज्दै थिए ।ज्ञानेन्द्रको मनोबल गिराउनेएउटा मनोवैज्ञानिक उपायउनीसँग सम्बन्धित कुरामाथिधावा बोल्नु पनि हुन्थ्यो । उनीत्यही बाटोमा हिँडेका थिए जुनबाटो भएर महेन्द्र हिँडेका थिए। उनमा आफ्नो बाबुबाजेकोधङ्धङी थियो । यस अवस्थामामहेन्द्रदेखिपृथ्वीनारायणसम्मलाई अतीतकारूपमा नभई वर्तमानकै रूपमालिइयो र आक्रमणको तारो बनाइयो ।अन्ततः राजतन्त्रकोसमाप्तिपछि पूरै शाहवंशकाकुरा इतिहासका अंश बने ।त्यसैले त हो नारायणहिटी दरबारम्युजियममा फेरिएको । इतिहासले कोल्टे फेरिसकेकालेपृथ्वीनारायणको सालिक पनिइतिहासको वस्तु बनेको छ । अतःअब प्रश्न उठ्छ,सिंहदरबारअगाडिको सालिकलाईतलमाथि गर्नु हुन्छ त ? यसविषयमा छलफल चलाउनुपर्छ ।सिंहदरबारलाई नारायणहिटीदरबारलाई जस्तै म्युजियम बनाइएको भए सो सालिक त्यसठाउँमा ठिकै हुन्थ्यो, अझै पनि त्यहाँ प्रशासनिक निकाय नैरहेका कारण सो सालिक त्यहाँ सुहाउँदो भएन । हिजोसम्मसिंहदरबारलाई पृथ्वीनारायणकोसालिकले कुनै अर्थ दिन्थ्योहोला, तर अहिले त्यही सालिकलेअनर्थ पैदा गरिराखेको छ । अझैपनि सो सालिक त्यहीँ राखिनुपर्छ भन्ने अडान लिने होभने ठीक छ, राख्न सकिन्छ तरसिंहदरबारभित्रको प्रशासनिक केन्द्रलाई अन्यत्रसार्नुपर्छ ।
पृथ्वीनारायण शाह राष्ट्रियएकताका प्रतीक हुन सक्दैनन् ।राष्ट्र भनेको भूगोल पनि हो, तरभूगोललाई मात्र ध्यान दिइँदात्यो राष्ट्र वा राष्ट्रियताखोक्रो हुन्छ । जनताले त्यसअवधिमा राष्ट्रिय एकताकोअभ्यास कहिल्यै गर्न पाएनन् ।शासकीय शक्तिका आडमा जनतालाईदबाउन सक्नु नै राष्ट्रिय एकताकायम गर्नु होइन ।पृथ्वीनारायणले मात्र नभईउनका उत्तराधिकारीले समेतराष्ट्रिय एकतामा पटक्कैध्यान दिएनन् । तिनलेवैवाहिकलगायत कुनै पनि पक्षमानेपाली जनतासँग सम्बन्ध नैराख्न चाहेनन्, बरु विभिन्नभाषा, धर्म, संस्कृतिलाई एकनिश्चित समुदायभित्र विलयनगर्ने खोजे । नेपाली-नेपालीमाझनै 'फुटाऊ र शासन गर'को नीति लिएरचलाइएको शाहवंशीय शासनबाटराष्ट्रिय एकताको भावना जागृतहुन सक्दैन पनि ।सिंहदरबारअगाडिकोपृथ्वीनारायण शाहको सालिकऐतिहासिक पनि होइन । ऐतिहासिक हुनलाई त्यसमा इतिहासको झलकहुुनुपर्छ । सो सालिक उनीजिउँदो छँदै वा उनलाई देखेका कलाकारबाट बनाइएको होइन । धेरै समयपछि बनाउने हो भने पनि रेखाचित्र वा तस्बिरलाई आधारलिनुपर्छ, तर त्यस्तो केही आधारलिइएको छैन । उनको रेखाचित्रकोअनुहारसँग सालिकको अनुहारपटक्कै मिल्दैन । वास्तविकताके हो भने सालिक निर्माणको आधारत्यसका कलाकार अमर चित्रकारस्वयंको जीउडाल हो भनेअनुहारचाहिँ काल्पनिक ! हेक्कारहोस्, सो मूर्ति निर्माणअघिकलाकार स्वयंले मोडलिङ गरेरतस्बिर खिचाएका थिए र सोहीतस्बिरका आधारमा सालिक तयारगरेका थिए । यस अर्थमा सोसालिकले कुनै पनि ऐतिहासिकमहत्त्व राख्दैन । तसर्थ इतिहाससँग नभई कलासँगसम्बन्धित म्युजियममा मात्रयो शोभा बन्न सक्छ ।बुझ्नुपर्ने अर्को कुरा के होभने कुनै पनि दिवंगतव्यक्तित्वको सालिकलाई रंगाइँदैन पनि ।
वर्तमान नेपालको प्रमुख प्रशासनिक केन्द्रसिंहदरबारसँग पृथ्वीनारायणशाहको कुनै सम्बन्ध नभएकोअवस्थामा उनको सालिक त्यहाँठड्याइराख्नुको कुनैतात्त्विक अर्थ रहँदैन, त्यतिमात्रै होइन, त्यसरीठड्याइराख्नु आपत्तिजनक पनिहुन्छ । बरु त्यस ठाउँमा समग्रनेपाललाई प्रतिनिधित्व हुनेकुनै एउटा प्रतीक राखिनुपर्छ,नेपालको राष्ट्रिय झन्डामात्र ठड्याउनु नै पनिपर्याप्त हुन्छ ।

धूस्वां सायमिकी दीपा



- बसन्त महर्जन

कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै घरमा प्रायः पाहुना भइराख्ने र सबैसित घुलमिल हुने त्यो लेखकसँग मैले मात्रै किन बोल्न नपाउने ? कथा यहींबाट सुरु हुन्छ । एउटी महिला- दीपा।एउटा यस्तै अर्को गाउँकी छोरी अर्थात गाउँकी बुहारी-दीपा।बुहारी हुनु परेकोमा भन्दा बुहारी भएकै कारण त्यो मान्छेसित बोल्न नपाउँदा दीपा खिन्न हुन्छे।आफैदेखि रिसाउँछे पनि । यस्तै लेखकको मनमा तर्कना उठिरहन्थ्यो- आफूसँग सबैले बोल्ने, सबै नजिक नजिक आउन खोज्ने तर, बुहारी एउटी मात्रै टाढा किन- एक दिन आफ्नो जिज्ञासालाई थाम्न नसकेर बुहारीको सम्बन्धमा लेखकले दीपाको बारेमा परिवारसँग सोधपूछ गर्छ।जसबाट जिज्ञासा शान्त हुनुको बदलामा अझ अझ जिज्ञासा बढ्न थाल्छ । दीपाको हालत पनि लेखकको भन्दा फरक थिएन।यस्तैमा एक दिन दीपाले लेखकलाई माइतीमा बोलाउँछे, - कुराकानी गर्नकै लागि। बिद्रोहको चेतना दीपाले कुनै कितावबाट पाएकी थिइनन्। न कुनै स्कूलबाट नै प्रशिक्षित थिइन् । अरु त अरु, गाउँले परिवेशमा नै सीमित भएकी र गाउँमा बोलिने मातृभाषा बाहेक अन्य नबुझ्ने।पाहुनाको बौद्धिक व्यक्तित्व र दीपाको सामान्य, शिष्ट, निष्कपट एवं उदार हृदयवीच प्रेमको अंकूर प्रस्फूटित हुँदै जान्छ ।र, ती दुई ब्यक्त-अब्यक्त सबै भावना र कामनाहरुले एउटा सिर्जना पाउँछ, प्रसिद्ध उपन्यासकार धूस्वां साय्मिको कलमबाट दीपा उपन्यासको रुपमा । उपन्यास सत्य घटनामा आधारित छ, दीपा पनि जिउँदो चरित्र हो।तर, उसको वास्तविक नाम त्यो होइन । लेखक धूस्वां सायमि भन्नुहुन्छ- मान्छेअनुसारको नाम नसुहाएको टिप्पणी गर्दा परिवारले न्वारानको जिम्मा मलाई दियो। र, दीपा नाम सबैले मन पराए। त्यसैले जीवित पात्रको काल्पनिक नाम दीपा रहन गयो ।

उपन्यासमा दुबैको कथा र व्यथा समेटिएको छ। कथाभन्दा भावना र शब्दभन्दा कविता बढी रहने धूस्वांको आफ्नै शैलीमा उनिएको उपन्यास दीपामा द्वन्द र अर्न्तर्द्वन्दको एउटा लामो श्रृंखला बनेको छ । उपन्यास प्रकाशनपछि दीपा चरित्रको विषयमा चर्चा हुन थाल्यो- अन्य लेखक र पाठकहरु बीच।दीपा साँच्चै को हुन् त भनी खोजी पनि हुन थाल्यो।लेखककै नजिककी अर्की एउटी परिचित लेखिका, जो विश्वविद्यालयमा प्राध्यापन पनि गर्छिन्, नै दीपा हुन् कि भनेर पनि चर्चा-अनुमान लगाउन थालियो।दीपा आफू नै हो भनेर चिनाउन खोज्ने अनजान आइमाईहरु पनि देखिन थाले । तर दीपा भने आफ्नै परिवेशमा आफ्नै पाराले आजभोली जीवन विताउँछे, उपन्यासमा जस्तो चरित्र चित्रित छन् त्यस्तै चरित्र बोकेर।र, लेखक न दीपालाई चिनाउन चाहनु हुन्छ न, दीपाको गाउँलाई नै ।

लोग्नेको घरमा बस्न नसकेर माइतीमा बस्दै आएकी उपन्यासकी दीपा आफूले मन पराएको प्रेमीलाई बीचैमा छाडी पुनः लोग्नेको घर फर्केकोबाट उपन्यासको अन्त्य गरिएको छ।यस अघि विहे भएर लोग्नेको घर गएको लगत्तै दीपालाई आभास हुन्छ, घर त घरज्ास्तो थिएन।लोग्ने भनाउँदो पनि कठपुतली रहेछ । नयाँ दुलही भएपछि अलि श्रृंगारपटार त गरिने नै भयो तर घरका परिवारले त्यसैलाई अनेक अर्थ लगाएर कुरा लगाउन थाले । कौसीमा एक छिन निस्क्यो भने मात्र पनि तीललाई पहाड बनाइ हाल्थे । यति मात्र होइन, दुलहीको रुप सौन्दर्य हेर्न लालायित टोलका लोग्ने मान्छेहरु तास खेल्ने निहुँमा दिन भर दिन भर घरमा आएर बस्थे तर उनीहरुलाई रोकटोक थिएन।माइतीबाट आएको एउटा भाइको हात समातेर कोठामा कुरा गरिरहेको दृष्य के देखे, नाठो खेलाएर बसेको भन्ने आरोप उनीमाथि लाथ्यो र यही आरोपमा एक दिन घरबाट निकाल्ने काम पनि भयो।यस्तो परिस्थितिमा माइती आएर बसेकी पात्र दीपाको सर्म्पर्क एउटा अर्को लोग्ने मान्छेसित हुन पुग्छ जो घरपरिवार र परिवेशसित सन्तुष्ट छैन, घरलाई झ्यालखानाको रुपमा हेर्छ र आफ्नो घर छाडी एउटा काम लिएर गाउँमा बस्न आइरहेको छ । एक्लोपनको अनुभवले सताइँएका यी दुबै यस परिस्थितिमा नजिकिन पुग्छन्।कथा बढ्दै जान्छ।एउटा निर्णायक मोडमा आइपुगेकै बेला लोग्नेको घरबाट ससुरा मरेको भनी लिन आइपुग्छ र सामाजिक मान्यताअनुसार लोग्नेको घर र्फकन्छन् । पाठकको लागि उपन्यास वियोगान्त हो तर वास्तविक जीवन भने त्यस्तो छैन । लेखक आफ्नो पात्रको बारेमा भन्नु हुन्छ- 'हाम्रो सम्वन्धलाई बदनाम गर्न कसैले एकपल्ट हाम्रो वीच शारीरिक सम्बन्ध रहेको अफवाह पनि फैलाइदियो । र, दीपा रिसाएर माइती गएर बसिदिइन् । उसलाई फर्काउन उसको लोग्ने र अरुहरु पनि सफल हुन सकेन । उनीहरुलाई थाहा छ, मैले भनेको कुरा दीपाले खान्छे भनेर । उसको लोग्नेको अनुरोधमा मैले भनेको कुरा उसले खाइन् पनि । आजभोलि पनि केही समस्या पर्यो भने लोग्ने मलाई गुहार्न आउँछ र म दीपाको अविभावक जस्तै छु ।'

केही वर्षघि मात्रै को कुरा हो, लेखकको जीवनसाथी बसुन्धरा बित्नु भयो । लेखक एक्लो हुनुभयो । एक्लोपन बढ्दै गयो । यस्तैमा एक दिन लेखक दीपाको घरमा पुग्दा परिवारका अन्य सदस्यहरुकै माझमा आफू लेखकसँग जीवन बिताउन तयार भएको दीपाले बताइन् । दीपाको स्वभाव नै त्यस्तो थियो । सबैको अगाडि हाकाहाकी लेखक आफ्नो प्रेमी भएको बताउँछे र यसैमा गौरव पनि मान्छे । उसको परिवारलाई थाहा थियो, दीपा लेखककी प्रेमिका मात्रै हुन्छे, श्रीमती होइन।सम्वन्ध यस्तै थियो र पहिलाजस्तो थियो, अहिले पनि त्यस्तै छ ।

दुबैको आफ्नै घर संसार छ।दीपा सामान्य जीवन विताउँछे, कहिले काहीं लेखकसित भेट्छे, फोनमा कुराकानी पनि । दीपालाई लेखक बिर्सन सक्नु हुन्न, दीपाकै नाममा 'दीपा जनमत' नामले एउटा साहित्यिक पुरस्कारको स्थापना गर्नु भएको छ, साय्मिले । अपठित र गैरसाहित्यिक दीपाकै हातबाट पुरस्कार वितरण गराउने लेखकको चाहना थियो । तर, ठूलो समारोहमा उपस्थित हुन लजाइन् वा प्रस्तुत हुन चाहिनन् । बरु लोग्ने लगायत अन्य आफन्तहरुलाई सो समारोह हर्ेनमात्र पठाइनन् उसले । समारोहको रौनकका बारे पनि सोध्न पछि परिनन् । लेखकका कृतिहरु उनी आफै पढ्न त सक्दिनन् तर सबै संगालेर राख्छिन् । लेखकसित अहिले 'दीपा' उपन्यास आफ्नो कोठामा छैन । एक दिन विहान लेखकले आफ्नो पात्रसित यो उपन्यास माग्नु हुँदा ठट्टा गर्दै उताबाट हाकाहाकी उनले भनिन्- 'पैसा देउ अनि किताव लेउ ।' दीपालाई पंक्तिकारले भेट्न चाहेको कुरा लेखकले फोनमा खबर गर्दा बिना हिचकिचाहट भनिन्- 'पठाइदेउ, भेट्छु ।'

महामारीमा नेवार समाज: उहिल्यै पनि‌ ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे !

महामारीमा नेवार समाज: उहिल्यै पनि‌ ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ मा बस्थे ! : अहिले चर्चामा रहेका ‘क्वारेन्टिन’, ‘आइसोलेसन’ र ‘लकडाउन’ जस्ता ...